मिटरब्याज पीडितहरुमाथि गरिएको क्रुर दमनको क्रान्तिकारी माओवादीद्वारा घोर भत्र्सना, घाइतेहरुको निशुल्क उपचार गर्न र गिरफ्तारहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग

मिटरब्याज पीडितहरुमाथि गरिएको क्रुर दमनको क्रान्तिकारी माओवादीद्वारा घोर भत्र्सना, घाइतेहरुको निशुल्क उपचार गर्न र गिरफ्तारहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले मिटरब्याज पीडितहरुको शान्तिपूर्ण आन्दोलनमाथि राज्यको प्रहरी प्रशासनले गरेको क्रुर दमनको तीव्र विरोध तथा घोर भत्र्सना गरेको छ । साथै मिटरब्याज पीडितका मागहरु पुरा गर्न, घाइतेहरुको निशुल्क उपचार गर्न र गिरफ्तारहरुलाई अविलम्ब रिहाइगर्न सरकारसँग जोडदार माग गरेको छ । पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रतीकले एक प्रेस वक्तव्य जारी गरी यस्तो माग गर्नुभएको हो ।
वक्तव्यमा प्रहरीले पानीको फोहरा र लाठी चार्ज गरी गरेको निर्मम दमनमा परी केही समयदेखि मिटरब्याज पीडितहरुले आन्दोलन गर्दै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष तथा हाम्रो पार्टीका पीबीएम कमरेड सीताराम तामाङ्, नेकपाका अध्यक्ष लोकनारायण सुुवेदी, नेकपा (मशाल)का पीबीएम चिन्तामणी शर्मा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका पीबीएम जागृत रायमाझी सहित मिटरब्याज पीडित आन्दोलनकर्ता निर्ग नवीन, कुल बहादुर थापा, कृष्ण महतो, तिलकराम चौधरी, प्रदिप नेपाल, ज्योतिलाल वन, अकवर मियाँ, यम कुमारी लगायत दर्जनौ व्यक्तिहरु गम्भीर घाइते भएको उल्लेख गरिएको छ ।
यस्तो छ वक्तव्यको पूर्णपाठ :

“केही समयदेखि मिटरब्याज पीडितहरुले आन्दोलन गर्दै आएको र समस्या समाधानका लागि सरकारसँग पटकपटक वार्ता समेत हुँदै आएको सन्दर्भमा शान्तिबाटिकामा बसेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै आइरहेका मिटरब्याज पीडितहरुमाथि प्रचण्ड नेतृत्वको सरकारले यही बैसाख ४ गते अन्धाधुन्ध पानीको फोहोरा र लाठीचार्ज गरेर आन्दोलनकारी माथि निर्मम दमन गरेको छ । उक्त आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्न गएका अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष तथा हाम्रो पार्टीका पीबीएम कमरेड सीताराम तामाङ्, नेकपाका अध्यक्ष लोकनारायण सुुवेदी, नेकपा (मशाल)का पीबीएम चिन्तामणी शर्मा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका पीबीएम जागृत रायमाझी सहित मिटरब्याज पीडित आन्दोलनकर्ता निर्ग नवीन, कुल बहादुर थापा, कृष्ण महतो, तिलकराम चौधरी, प्रदिप नेपाल, ज्योतिलाल वन, अकवर मियाँ, यम कुमारी लगायत दर्जनौ व्यक्तिहरु गम्भीर घाइते भएका छन् । हाम्रो पार्टी यस प्रकारको क्रुर दमनको तीव्र विरोध तथा घोर भत्र्सना गर्दछ र साथै मिटरब्याज पीडितका मागहरु पुरा गर्न, घाइतेहरुको निशुल्क उपचार गर्न र गिरफ्तारहरुलाई अविलम्ब रिहाइगर्न सरकारसँग जोडदार माग गर्दछ ।”