नेकपा(क्रान्तिकारी माओवादी)को ऐतिहासिक प्रदेश भेला उद्घाटन(फोटो फिचर)

नेकपा(क्रान्तिकारी माओवादी)को ऐतिहासिक प्रदेश भेला उद्घाटन(फोटो फिचर)

रवि पाण्डेय/ईश्वरी प्रसाद गैरे
भालुवाङ – नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश पाँचको ऐतिहासिक प्रथम भेला दाङको भालुवाङमा भब्य रुपमा उद्घाटन भएको छ । बिहीवार पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज के.बी गुरुङ्गले क्रान्तिको दीपप्रज्वलन सहित उद्घाटन गर्नुभयो । उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि गुरुङ्गले क्रान्तिको कार्यभार पूरा गर्न सक्ने जुझारु संगठन निर्माण गर्न निर्देशन दिनुभयो ।
कार्यक्रम पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेको अध्यक्षता एंव केन्द्रीय सदस्य निरज केसीको संचालनमा भएको थियो । कार्यक्रममा पीबीएम धनेश्वर पोखरेलले स्वागत गर्नुभएको थियो । भेलामा १२ वटा जिल्लाबाट चयन भएका प्रतिनिधि छन् । भेला नयाँ नेतृत्व चयन गर्दै आजै समापन गर्ने कार्यक्रम छ ।