काठमान्डौ महानगरपालिकाका मेयरलाई देजमो नेपालद्धारा २१ बुँदे ज्ञापन पत्र

काठमान्डौ महानगरपालिकाका मेयरलाई देजमो नेपालद्धारा २१ बुँदे ज्ञापन पत्र

२७ चैत काठमान्डौं ।
विगत लामो समय देखी राष्ट्र, राष्ट्रियता र जनजिविकाको मुद्धामा बहस पैरवी र आवाज उठाउँदै आएको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले काठमाडौं महानगरपालिका भित्रका सर्वसाधारणहरुको विविध समस्याहरुलाई समेटेर २१ बुँदे ज्ञापन पत्र आज काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बुझाएको छ ।
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल काठमाडौ महानगर समितिका अध्यक्ष बोजराज श्रेष्ठद्धारा हस्ताक्षरित उक्त मागहरु सम्बोधन नभए आन्दोलन गर्ने सम्मको चेतावनी दिइएको छ । ज्ञापन पत्र बुझाउने क्रममा नेकपा (क्रान्तिकारी माओवादी) काठमान्डौं जिल्ला संयोजक सारदा महत, सेक्रेटरी केदार खतिवडा, देजमो काठमान्डौ जिल्ला अध्यक्ष बन्धुदेव पाण्डे, देजमो काठमान्डौ महानगर समितिका सेक्रेटरी गोपालदास श्रेष्ठ, मंगल तामाङ्ग, कमला चन्द र भुवन थापाको उपस्थिति रहेको थियो ।
देजमो काठमान्डौ महानगर समितिकाका सेक्रेटरी गोपालदास श्रेष्ठले उक्त मागहरु पढेर सुनाउनुको साथै हस्तान्तरण गर्नु भएको थियो ।
ज्ञापनपत्र बुझे पछि मेयर बालेन शाहले सवै मागहरु जायज भएकोले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।