२४ चैत्र काठमाडौँ ।
मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच पार्टी एकतावारेमा पत्रकार सम्मेलन भएको छ । आज एक कार्यक्रमका बीच २ दलको एकतावारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो ।
पार्टी एकताको औपचारिक घोषणा अन्तर्राष्ट्रिय मजदुर दिवस (आउँदो मे १)का अवसरमा हुने नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीले जानकारी दिनु भयो ।
कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुन: एक ठाउँमा आएका हुन् । दुई दलले गत साउनमै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए ।
पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६–६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो । समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सीपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका थिए भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य थिए ।
नेकपा(क्रान्तिकारी माओवादी)का स्थाई समिति सदस्य सीपी गजुरेलको अध्यक्षता र नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीको सञ्चालनमा सो पत्रकार सम्मेलन गरिएको थियो ।
ज्ञात अज्ञात सहीदहरुप्रति एक मिनट मौन धारणव्दारा श्रद्धान्जली अर्पण गर्दै सुरु गरिएको कार्यक्रममा पत्रकारका लागि वितरण गर्न तयार पारिएको संयुक्त प्रेस—वक्तव्य वाचन गरेर सुनाइएको थियो ।
कार्यक्रमलाई नेकपा(बहुमत)का संयोजक कञ्चन र नेकपा(क्रान्तिकारी माओवादी)का महाचिव किरणले सम्वोधन गर्नु भएको थियो । सम्वोधनपछि पत्रकारहरुका प्रश्नको जवाफ नेकपा(बहुमत)का संयोजक कञ्चनले दिनु भएको थियो ।
नेकपा(क्रान्तिकारी माओवादी)का महाचिव किरणले सम्वोधनका क्रममा भन्नु भयो—“ आज धेरै खुशीको दिन हो । हाम्रो पार्टी एकताको प्रयत्नमा सफल भएको छ । यद्धपि समग्र पार्टी एकतावद्ध गर्ने प्रश्न एउटा महान ऐतिहासिक अभियान हो । संयुक्त प्रेस—वक्तव्य अनुसार जाने र अगाडि बढनेमा हाम्रो पार्टीका तर्फबाट दृढ प्रतिवद्धता व्यक्त गर्दछु ।”
पत्रकार सम्मेलनमा नेकपा(मशाल) सँगको पार्टी एकता संयोजन समिति र वार्ता जारी रहेको छ । निकट भविष्यमा नै त्यससँगको पनि एकता हनेछ भनिएको छ ।
पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आमकार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ ।
त्यस्तै, क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको संगठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्यलगायत पार्टी एकताका आधार रहेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिस्ट र वामपन्थीहरू संगठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताउनु भयो ।
त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हुन लागेको बताउनु भयो ।
संयुक्त प्रेस—वक्तव्य :