रुपन्देही – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति रुपन्देहीको बैठक आइतवार बुटवलमा सम्पन्न भएको छ । बैठकले ६ जना प्रदेश प्रतिनिधि चयन गरेको छ । बैठकले कार्यालय ब्यवस्थापन तथा स्थानीय तहको पार्टी कमिटीका बैठक लगायतको निर्णय गरेको छ । बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी संकुलको प्रमुख आतिथ्यता , जिल्ला ईञ्चार्ज संकल्पलगायतको आतिथ्यता थियो । बैठक जिल्ला सेक्रेटरी मणीको अध्यक्षतामा भएको थियो ।
क्रान्तिकारी माओवादी प्रदेश भेला यही चैत्र २९ र ३० गते हुदैछ ।






























