आजबाट एसइई परीक्षा शुरु

आजबाट एसइई परीक्षा शुरु

१७ चैत काठमान्डै । आज बिहान आठबजेबाट देशैभर एसइई परीक्षा हुँदैछ । आजबाट सात हजार २०० सामुदायिक र चारहजार ५६४ संस्थागतगरी ११ हजार ८२९ विद्यालय एसइई हुँदैछ । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एकगरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

गएरातिनै सबै परीक्षा केन्द्रको तयारी सकिएको र कडा सुरक्षा प्रबन्ध गरिएको बताइएको थियो ।