१६ चैत्र चितवन ।
चैत्र १५ गते अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी ) ३ नम्बर प्रदेशको प्रथम भेला समितिका सम्योजक शेखरनाथ आचार्यको अध्यक्षता, कामरेड सीताराम तामाङको प्रमुख आतिथ्यता, र प्रदेश पार्टी इन्चार्ज अटल ,महासंघका महासचिव धनेश्वर पोख्रेल ,अनेम संघ(क्रान्तिकारी )की अध्यक्ष अम्बिका मुडबरी ,केन्द्रीय सल्लाहाकार भूमिश्वर कडेल ,जिल्ला इन्चार्ज बिकाश लगायतका सहभागीहरुको बिशेष उपस्थितिमा सम्पन्न भएको छ ।
भेलामा उपस्थित अतिथिहरुबाट बर्तमान समसामयिक राजनीतिक परिस्थिति र किसान संगठनको महत्व र आबश्यकता तथा आन्दोलनको सम्भाबना र चुनौति बिषयमा महत्वपूर्ण प्रशिक्षणमुलक मन्तब्य राख्दै भेलाको सफलताको शुभ कामना दिनु भएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्ष प्रकाशबाबु खनालले गर्नु भएको थियो । भेलाले शेखरनाथ आचार्यको संयोजक र प्रकाश बाबू खनाल सचिब सहित १५ सदस्यीय भेला तथा सम्मेलन आयोजक तयारी समिति गठन गरेको छ, जसमा गङ्गादेबी राई –काठमाण्डौ ,छत्र बहादुर आले – भक्तपुर ,दिबाकर न्यौपाने –चितवन,गोपाल पण्डित– काठमाडौ ,बाबुलाल लोकचन–ललितपुर , खेतराज न्यौपाने –काभ्रे, ढुण्डिराज न्यौपाने – नुवाकोट सदस्यहरु रहनु भएको छ भने बाकी ६ जना अर्को बैठकमा पदपूर्ति गर्ने निर्णय गरेको छ । साथै उक्त भेलाद्वारा गठित बैठकले आगामी २०८० साल जेष्ठ मसान्तसम्म प्रदेश भेला वा सम्मेलन भब्यरुपमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । उक्त समयाबधि भित्र बाकी रहेका जिल्लाहरुमा महासंघको जिल्ला समिति बनाई सक्ने योजना तय गरेको छ ।






























