
८चैत्र धरान ।
नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य कमरेड तारा थापाको स्मृतिमा श्रञ्द्धाञ्जली सभा गरिएको छ ।
बुधबार धरान उपमहानगरपालिका १९ मा रहेको द्धिवंगत तारा थापाको बुवाको घरमा श्रञ्द्धाञ्जली सभा गरिएको हो ।
नेकपा(क्रान्तिकारी माओवादी)प्रदेश समितिको आयोजनामा गरिएको श्रद्धाञ्जली सभामा पार्टीका स्थायी कमिटि सदस्य परी थापाको उपस्थिती रहेको थियो । थापाले महासचिव मोहन वैद्यको तर्फबाट पठाएको समवेदना पत्र हस्तातरण गर्नु भएको थियो ।

उहाँले तारा थापाको निधनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको लागि ठुलो क्षति भएको बताउनु भयो । ४० वर्षकै उमेरमा क्रान्तिकारी व्यक्तिको निधनले क्रान्तिमा घाटा भएको भनाई राख्नु भयो । उहाँले जीवन र मृत्यु कसैको हातमा नरहेको भन्दै जन्म हुनु संयोग र मृत्यु निश्चित भएको बताउनु भयो ।
सभामा पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश इन्चार्ज दिनेश शर्माले तारा थापाले बाँचुन्जेल पार्टी र क्रान्तिलाई अगाडि बढाउन निरन्तर लागि परेको बताउनु भयो । उहाँले नेपालका नामधारी कम्युनिस्ट पार्टीहरु मध्ये नेकपा(क्रान्त्किारी माओवादी)साँचो र सहि अर्थमा कम्युनिस्ट पार्टी भएको ठहर गरि होमिएर लाग्नु भएको बताउदै उहाँ स्पष्ट र सर्वहारा वर्गको नेता हुनुहुथ्यो भन्दै योगदानको चर्चा गर्नु भएको थियो । शर्माले कमरेड ताराले परम्परा र संस्कृतिलाई रुपान्तरण गर्न जरुरी रहेको बताउने गरेको स्मरण गर्नु भयो ।
श्रद्धाञ्जली सभामा तारा थापाका काका गंगा थापाले परिवारको तर्फबाट थापाको योगदानको चर्चा गर्नु भएको थियो । उहाँले देशका लागि केहि गर्न खोज्ने योद्धा प्यारो सुपुत्र गुमाउनु परेकोमा दु:ख व्यक्त गर्नु भयो । उहाँले ताराको सपना पुरा गर्न पार्टी पंङतीलाई अनुरोध गर्दै बाल्यकाल देखि परिवर्तनका लागि छोरो संघर्षमा होमिएको प्रति गर्व गर्नु भयो ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा धरान सेक्रेटरी पारस लिम्बुले थापाको सम्झनामा मन्तव्य राख्नु भएको थियो । श्रद्धाञ्जली सभामा पार्टीका केन्द्रिय सदस्य विमल निरौला,मोहन तामाङ, बिमल आचार्य, पेमा तामाङ, हरि गौतम लगायतको उपस्थिती रहेको थियो भने पार्टीका प्रदेश कमिटि सदस्य तथा जिल्ला सदस्यहरुले पनि उपस्थिती जनाउनु भएको थियो । श्रद्धाञ्जली सभाको अध्यक्षता पार्टी प्रदेश सेक्रेटरी सिताराम बुढाथोकीले गर्नु भएको थियो भने सभाको संचालन सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोराले गर्नु भएको थियो ।
नेकपा(क्रान्तिकारी माओवादीका)केन्द्रिय सदस्य तथा ताप्लेजुङ तथा तेह्रथुम जिल्ला इन्चार्ज रहनु भएका कमरेड तारा थापा सुतेकै ठाउँमा फागुन ३० गते विहानको राति व्लड प्रेसर हाइका कारण मष्तिष्कघात भएर बेहोस हुनु भएको थियो । उहाँलाई उपचारका लागि धरान घोपा क्याम्पमा पुर्याए पनि त्यहाँ उपचार हुन नसकेपछि विराटनगरको न्यूरो अस्पतालमा लगियो । न्यूरोमा ४ दिन सम्म उपचार गराउदा उपचार नभएपछि चैत्र ४ गते दिउसो अस्पतालले मृत घोषणा गरेको थियो । दिवंगत थापाका बुवा,आमा,एक श्रीमति ,दुई छोरा र एक दाजु तथा भाउजु रहनु भएको छ ।