
एजेन्सी । अमेरिकी फेडरल रिजर्भले बुधबार राति फेरि ब्याज दर बढाएको छ। अमेरिकी फेडरल रिजर्भले संकटसँग संघर्ष गरिरहेका बैंकहरूलाई फेडको दर २५ आधार बिन्दुले बढाएर झटका दिएको छ। फेडको यो घोषणापछि अब ब्याजदर ४.७५ प्रतिशतबाट बढेर ५ प्रतिशत पुगेको छ।
अमेरिकाले ठूलो बैंकिङ संकटको सामना गरिरहेको बेला यस्तो निर्णय आएको छ। हालै अमेरिकाका दुई ठूला बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक तात पल्टिएका छन्। यो निर्णयले गर्दा अमेरिकाका १८६ बैंक समस्यामा परेका छन्। बैंकिङ संकट भए पनि राहत दिनुको साटो अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउने घोषणा गरेको हो। यस वर्ष पुन: एक पटक ब्याजदर बढाउन सक्ने सम्भावना रहेको संघीय सरकारले जनाएको छ।

फेडरल रिजर्भले ब्याजदर घटाएर राहत दिन सक्छ भन्ने आशामा रहेका अमेरिकी बैंकिङ क्षेत्र पूर्ण रुपमा निराश भएको छ। आफ्नो जिम्मेवारी मुद्रास्फीति नियन्त्रण गर्नु रहेको फेडरल रिजर्भले बताएको छ। मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने फेडरलको भनाइ छ। मार्च २०२२ देखि, फेडरलले निरन्तर ब्याज बढाइरहेको छ। यसले बैंकहरूलाई असर गरिरहेको छ। फेडरल रिजर्भले मुद्रास्फीति रोक्न उनीहरूको मुख्य उद्देश्य रहेको बताएको छ। उसले यो वर्ष फेरि ब्याजदर बढ्न सक्ने बताएको छ। यूएस फेडरलबाट ब्याज दर बढ्दा बण्डको यील्ड बढ्न थाल्छ। जसका कारण बैंकहरुले ऋण लगानीमा घाटा बेहोर्नु पर्दछ।
विश्वको सबैभन्दा ठूलो र बलियो अर्थतन्त्र मानिने अमेरिकाको बैंकहरू डुबिरहेका छन्। दुई बैंक डुबिसकेका छन्। एउटा ड्ब्ने संघारमा पुगेको छ। सोशल साइन्स रिसर्च नेटर्व स्टडीले मनिडरी टाइटनिंग एण्ड यूएस बैंक फ्रेजिलिटी इन २०२३ को आफ्नो रिपोर्टमा अमेरिकाको १८६ बैंक डूब्ने खतरामा रहेको उल्लेख गरेको छ। ग्राहकको भरोसामा चलिरहेका यी बैंकहरू फेडरलले ब्याज वृद्धि गरेपछि प्रभावित हुनेछन्। बैंकका ग्राहकले खाताबाट रकम झिक्न थालेमा यी बैंकहरु तालाबन्दी हुने निश्चित छ। सङ्घीय सरकारले निरन्तर बढाएको ब्याजदर र असुरक्षित निक्षेपको बृद्धिले जोखिम बढ्दै गएको छ।
अमेरिकाका १८६ बैंक खतरामा छन्। ब्याजदर वृद्धिका कारण जसरी अमेरिकाका ठूला बैंकहरू ध्वस्त भएका छन्, अन्य बैंकहरू पनि त्यही खतराको सामना गरिरहेका छन्। कोरोनाको अवधिमा अमेरिकी संघीय सरकारले ब्याजदरलाई शून्यमा झारेको थियो तर स्थितिमा सुधार आएपछि ब्याज निरन्तर बढ्न थाल्यो। मार्च २०२२ देखि, यूएस फेडरलले ४।५ प्रतिशतले ब्याज दर बढाएको छ। जसका कारण यील्ड बढ्दै गयो। बैंकहरुको पुराना धितोपत्रको बजार मूल्य घट्दै गएपछि बैंकहरुलाई ठूलो नोक्सान भएको छ। (अनुवादित)