अल क्लासिकोमा बार्सिलोनाको जित

अल क्लासिकोमा बार्सिलोनाको जित

चैत्र ६, २०७९

बार्सिलोना — फ्रान्क केसीले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल म्याड्रिडलाई २–१ ले हराएको छ । अल क्लासिकोमा प्राप्त यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ ।

लिगमा १२ चरणको खेल बाँकी छँदा बार्सिलोना निश्चित लिग उपाधितर्फ उन्मुख देखिएको छ । उसको २६ खेलबाट ६८ अंक छ भने दोस्रोमा रहेको रियलको ५६ अंक छ ।

नु क्याम्पमा भएको खेलमा रोनाल्डो एराजोको आत्मघाती गोलले रियल सुरुमा अगाडि रहेको थियो । पहिलो हाफको अन्त्यतिर सेर्गी रोबर्टोले बराबरी गोल गरे ।
आइतबारका अन्य खेलमा रियल बेटिसले मार्लोकालाई १–०, भिल्लारियलले ओसासुनालाई ३–०, रियल सोसिडाडले एल्चेलाई २–० र गेटाफेले सेभियालाई २–० ले हरायो ।