नयाँ जनवाद र वैज्ञानिक समाजवाद

नयाँ जनवाद र वैज्ञानिक समाजवाद

“ राज्य व्यवस्था भनेको सबै क्रान्तिकारी वर्गको संयुक्त अधिनायकत्व , शासन व्यवस्था भनेको जनवादी केन्द्रीयता ; नयाँ जनवाद यही राजनीति हो ।“ – माओ त्सेतुङ

वैज्ञानिक साम्यवादमा पुग्ने लक्ष्य – उद्श्य बोकेर अगाडि बढिरहेको सर्वहारा वर्गको संगठित अग्रदस्ता कम्युनिस्ट पार्टीको निम्ति नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका दुई भिन्न फेज अर्थात् क्रान्तिका फरक फरक चरण हुन् ।
माक्र्सवाद – लेनिनवाद – माओवादको मान्यता अनुसार जुन देशमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको छ भने त्यस देशमा गरिने क्रान्ति वैज्ञानिक समाजवादी क्रान्ति हो भने जुन देशमा पुँजीवादी क्रान्ति भएको छैन र उक्त देश अर्ध सामन्ती र अर्धसामन्ति /नवआौपनिवेशिक अवस्थामा गुज्रिरहेको देशमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो ।

एउटा अर्ध सामन्ती र अर्ध / नवआौपनिवेशिक अवस्थाबाट मुक्त गर्न साम्राज्यवाद , विस्तारवमद , दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको उत्पीडनलाई समाप्त पार्न र समाजवादमा जाने आधार बनाउनका लागि नयाँ जनवादी क्रान्ति ततत्कालिक अवस्थाको आधरभूत आवश्यकता बन्न पुग्दछ । नयाँ जनवादी क्रान्ति वैज्ञानिक समाजवादी क्रान्तिकै अभिन्न अंग हो ।

साम्राज्यवाद र सामन्तवादको विरोध गर्नु नै नयाँ जनवादी क्रान्तिको मुख्य लक्ष्य हो । नयाँ जनवादी क्रान्ति भनेको कुनै पनि अर्ध सामन्ती र अर्ध / नवआौपनिकवेशी अवस्थामा रहेका देशका जनताले शुरु गर्नुपर्ने क्रान्ति हो ।
नयाँ जनवादी क्रान्ति स्वभावैले सामन्तवाद र साम्राज्यवाद विरोधी रहेको हुन्छ र यस क्रान्तिमा सर्वहारा वर्गको नेतृत्वमा तमाम क्रान्तिकारीहरु एकगठ हुन्छन् र आफ्नो दुश्मन सामन्तवाद र साम्राज्यवादलाई चौतर्फी हमला गर्दछन् ।
यहाँ सर्वहारा वर्गको नेतृत्व भन्नुको अर्थ कम्युनिस्ट पार्टीको नेतृत्व भन्नु हो भने सर्वहारा वर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद अर्थात् दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गको विरोध गर्ने जुनसुकै वर्ग वा व्यक्तिहरु पनि सम्मिलित हुन सक्छन् । साँच्चै भन्ने हो भने सर्वहारा वर्गका नेतृत्वका तमाम सामन्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरुको संयुक्त राजनीतिक मोर्चा गठन हुन्छ । यो संयुक्त राजनीतिक मोर्चा मजदुर वर्गको नेतृत्वमा किसान , मजदुर एकताको आधारमा तमाम क्रान्तिकारी युवा , बुध्दिजीवी , विद्यार्थी , निम्न मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग मिलेर बनेको हुन्छ र क्रान्ति सम्पन्न भइसके पछि क्रान्तिकारीहरुको संयुक्त अधिनायकत्व कायम रहन्छ ।

नयाँ जनवादी क्रान्ति पुरानो खालको पुँजीवादी विश्व क्रान्तिको अभिन्न अंग नभएर नयाँ खाले विश्व वैज्ञानिक समाजवादी क्रान्तिको अभिन्न अंग मानिन्छ । वैज्ञानिक समाजवादी क्रान्तिको अभिन्न अंग भए नयाँ जनवादी क्रान्तिले साम्राज्यवाद र प्रतिक्रियावादी शक्तिबाट सहयोग मात्र नपाउने होइन कि उल्टो तीव्र प्रतिरोध सहनु पर्ने हुन्छ र वैज्ञानिक समाजवादी शक्तिबाट सहयोग समर्थन पाउने गर्छ ।

समाज विकासको माक्र्सवादी नियमलाई हेर्ने हो भने सामन्तवाद पछि मात्र वैज्ञानिक समाजवाद आउँछ । कुनै पनि समाज सामन्तवादबाट फड्को हालेर एकैपटक वैज्ञानिक समाजवादमा प्रवेश गर्न सक्तैन । त्यसैले त्यसले नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पुँजीवादी क्रान्तिको नियमलाई पालना गर्नुपर्ने हुन्छ , नयाँ जनवादी क्रान्ति अर्थात नयाँ खाले पुँजीवादी क्रान्तिको नेतृत्व मजदुर – किसान एकताको आधारमा सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीले गर्दछ । पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने पुँजीपतिले सामन्तवाद र साम्राज्यवाद सित घाँटी जोड्न पुगेको हुनाले वैज्ञानिक समाजवादमा पुग्ने बाटो तय गर्ने उद्श्यले नै मजदुर – किसान एकताको आधारमा कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्नुपर्ने हुन्छ ।

(१) नयाँ जनवादी व्यवस्था :
नयाँ जनवादी व्यवस्था एउटा संक्रमनकालिन व्यवस्था हो । यो एउटा ऐतिहासिक अवधिको निम्ति हर अर्ध सामन्ती र अर्ध / नवआौवेशिक देशले कायम गर्नुपर्ने व्यवस्था हो । तमाम क्रान्तिकारी वर्गले भाग लिएकोले यस।क्रान्ति पछि निर्माण हुने राज्यसत्तामा उनीहरू कै संयुक्त अधिनायकत्व रहन्छ । नयाँ जनवादी क्रान्ति सम्पन्न भए पछि निर्माण गरिने राज्यसत्तामा जनताको जनवादी अधिनायकत्व कायम गरिन्छ ।
अर्थ व्यवस्था आधार ( जग) राजनीतिक व्यवस्था उपरिसंचना ( छानो ) अर्थात् राजनीति अर्थ व्यवस्थाको केन्द्रीभूत रुप भएकोले राजनीतिक दृष्टिकोणले मात्र जनवादी ढाँचा ल्याएर पुग्दैन । अर्थ तन्त्रमा पनि नयाँ जनवादी व्यवस्था हुनैपर्छ ।जनवादी अर्थ व्यवस्था भन्नाले त्यस्तो अर्थ व्यवस्थालाई भन्दछन् जुन व्यवस्थामा व्यक्तिगत सम्पत्तिले सर्वसाधारण जनताको जीवनमा प्रभुत्व कायम गर्न नपरोस् भन्ने दृष्टिकोण राखिएकोहुन्छ।
जमिनको हकमा जमिन्दारहरुबाट खोसिएको जमिनलाई भूमिहीन र अर्ध भूमिहिन गरीब किसनहरुमा वितरण गरिन्छ । यसको निम्ति उपयुक्त नारा “ जसको जोत उसको पोत “ हो । ग्रामीण इलाकनहरुबाट सामन्ती सम्बन्धलाई निर्मूल पारिन्छ । जमिनमा किसनहरुको स्वामित्व स्थापित गरिन्छ ।

साँस्कृतिक फाँटमा पनि विषय गर्ने क्रममा कमरेड माओले भन्नुभएको छ , त्यसलाई आधार मान्नुपर्ने हुन्छ , कमर माओले भन्नुभएको छ , “ जसले पनि संस्कृति विशेष समाजको राजनीति अर्थ व्यवस्थाको विचारधारात्मक प्रतिविम्ब हो।“ कमरेड माओको भनाइबाट के प्रष्ट हुन्छ भने अर्ध आौपनिवेशिक राजनीति र अर्थ व्यवस्था भएका देशमा संस्कृति पनि आौपनिवेशिक हुन्छ । त्यसो हुनाले राजनीति र अर्थ व्यवस्थामा जनवादी क्रान्ति गर्दा साँस्कृतिक फाँटमा पनि क्रान्ति हुन आवश्यक हुन्छ । साँस्कृतिक क्षेत्रमा हुने यो क्रान्तिले अर्ध सामन्ती र अर्ध आौपनिवेशिक साँस्कृतिकलाई ध्वस्त पारेर सर्वहारा वर्गको नेतृत्वमा चल्ने विशाल जनसमूहको साम्राज्यलाई विरोधी र सामन्तवाद विरोधी नयाँ जनवादी संस्कृतिको स्थापना गर्दछ । नयाँ जनवादी संस्कृतिको स्वरुप राष्ट्रिय हुन्छ र विश्व सर्वहारा समाजवादी नयाँ संस्कृतिको अंग हुन्छ ।
एउटा सुस्पष्ट कुरा के हो भने नयाँ जनवादी संस्कृति व्यापक जनसमूहको संस्कृति हो । नयाँ जनवादी संस्कृति वैज्ञानिक छ र तमाम सामन्ती विचार अन्ध विश्वासको विरोधमा उभिएर तथ्यहरुको आधारमा सत्य खोतल्ने पक्षमा छ । नयाँ जनवादी संस्कृति कुनै देश वा कालको संस्कृतिको अन्धानुकरण गर्ने कुराको विरोधी छ । पुरानो वा विदेशी संस्कृतिलाई जाँचबुझ गरी यिनीहरूमा भएको काम लाग्ने कुरालाई ग्रहण गर्ने पक्षमा छ ।
यी नयाँ संस्कृतिले नयाँ जनवादी क्रान्ति पछि त्यस देशलाई समाजवादमा डोर्यनउनका निम्ति विचारधाराको फाँटमा नेतृत्वदायी भूमिका खेल्छ ।
निष्कर्षमा यस प्रकार नयाँ जनवादी राजनीति , नयाँ जनवादी अर्थ व्यवस्था र नयाँ जनवादी संस्कृतिलाई मिलाउना साथै एउटा नयाँ जनवादी गणतन्त्र जन्मिन्छ , जो साँचो अर्थमा ९० प्रतिशतभन्दा बढी जनतालाई प्रतिनिधित्व गर्ने नयाँ जनवादी जनगणतन्त्र हुन्छ ।

(२) वैज्ञानिक समाजवादी व्यवस्था :
माथि पनि उल्लेख गरिएको छ कि वैज्ञानिक समाजवादी राज्य व्यवस्था दुई किसिमले निर्माण गरिन्छ। पहिलो पुँजीवादी क्रान्ति सम्पन्न भइरहेका देशहरूमा क्रान्ति सम्पन्न गर्न सर्वहारा वर्ग तयार भएको अर्थात् क्रान्तिका निम्ति वस्तुगत र आत्मगत अवस्था पुरा भएका देशहरूमा सर्वहारा क्रान्ति अर्थात् वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरिन्छ । यस क्रान्तिमा आधुनिक मजदुर वर्ग मुख्य शक्ति हुन्छ र अन्य आमूल परिवर्तनकारी शक्ति र जनसमुदायको सहभागीता रहन्छ ।
दोस्रो माथि उल्लेख गरिएको छ कि नयाँ जनवादी क्रान्ति सम्पन्न गरे पछि त्यसकै विकासक्रममा नयाँ जनवादबाट वैज्ञानिक समाजवादमा संक्रमण गरिन्छ र नयाँ जनवादी व्यवस्थाले वैज्ञानिक समाजवादी व्यवस्थामा प्रवेश गराउने पुलको काम गर्दछ ।
वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व कायम गरिन्छ । सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्दछ। जनता देशका मालिक बन्द छन् । वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनका साधनहरु श्रमजीवी ( सर्वहारा ) वर्गको अधिनमा हुन्छन् । मानिसद्वारा मानिसको शोषण हुने अवस्थाको अन्त्य हुन्छ ।
वैज्ञानिक समाजवादी व्यवस्था पनि वर्गीय व्यवस्था नै हो । सर्वहारा वर्ग सत्ताधारी वर्गमा रुपान्तरण हुन्छ भने सर्वहारा क्रान्तिकारीद्वारा पराजित पुँजीपति वर्ग प्रतिपक्षी ( विरोधी ) वर्षको रुपमा रहन्छ । वैज्ञानिक समाजवादी व्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्तानुसार क्रान्तिलाई जारी राखिन्छ र वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गरिन्छ ।

(३) सन्दर्भ : नेपाली क्रान्तिको :
नेपाल अहिलेसम्म पनि अर्ध सामन्ती र अर्ध/ आौपनिवेशिक अवस्थामा गुज्रिरहेको छ । हाम्रो जस्तो अवस्थामा रहेको देशमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति नै हो । किनभने यहाँ पुँजीवादको आवश्यक विकास भएको छैन । यहाँ त दलाल पुँजीवादको विकास भइरहेको छ । राष्ट्रिय पुँजीपति वर्गको विकास र संरक्षण गरिएको छैन । दलाल पुँजीपति वर्गको संरक्षण र विकास गरिएको छ । किनभने आज नेपालमा दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गले शासन सत्ता चलाउँदै आएको छ ।
साम्राज्यवाद , विस्तारवाद ,दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवर्ग नै नेपालका आजका प्रतिक्रियावादी शक्ति हुन् यिनैले पुरानो उत्पादन सम्बन्धको प्रतिनिधित्व गर्दछन् । यिनै नयाँ उत्पादन शक्तिको।विकासका अवरोधक हुन् ।
आज नेपालमा नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्तिकाबारेमा बहस भइरहेको छ । यहाँ यो कुरा स्पष्ट हुन जरुरी छ कि नेपाली समाजको हिजोको अवस्थामा केही परिवर्तनहरु भएका छन् । तर ती परिवर्तनहरु मात्रात्मक परिवर्तनहरु हुन् र गुणात्मक रुपमा परिवर्तन भइसकेका छैनन् । त्यस कारण नेपाली समाज मूलत: अर्ध सामन्ती र अर्ध / नवआौपनिवेशिक अवस्थामा नै छ ।
देशको यहीं अवस्थाको वर्गविश्लेषण गर्दै नयाँ नेपाली जनवादी क्रान्तिको तयारी र नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी )ले भनेको छ कि “ हाम्रो राजनीतिक कार्यदिशा के हो भन्ने विषयमा अस्पष्ट छैनौं । पार्टीले स्पष्टताका साथ भनेको छ कि “ वस्तुत: नेपाल अझै अर्ध सामन्ती तथा अर्ध / नव आौपनिवेशिक अवस्थामा रहिआएको छ र राष्ट्रियता , जनतन्त्र , तथा जनजीविकाका आधारभूत समस्याहरुको समाधान नभएकोले देशलाई यस प्रकारको अवस्थाबाट मुक्त तुल्याउन र उक्त समस्या समाधानका लागि नयाँ जनवादी क्रान्ति अनिवार्य रुपमा आवश्यक छ । “ राजनीतिक प्रतिवेदन तथा विधान , राष्ट्रिय भेलाद्वारा पारित , २०७३ असार – ६–८ , पृष्ठ १३/१४ , नेकपा ( क्रान्तिकारी माओवादी ) “
यसरी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले महान् नेपाली नयाँ जनवादी क्रान्तिको “ सशस्त्र जनविद्रोहको सामरिक कार्यदिशा “ अवलम्बन गरिरहेको छ । उसले नेपालको विशिष्टतामा आधारित जनविद्रोहको कार्यदिशा भनेरै नेपाली विशिष्टतामा “ सशस्त्र जनविद्रोह मार्फत् महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी अधिनायकत्व कायम गर्दै वैज्ञानिक समाजवादमा पुग्ने जुन रणनीतिक कार्यदिशाका साथ महान् नेपाली नयाँ जनवादी क्रान्तिको कामलाई अगाडि बढाइरहेको छ । यो सही कार्यदिशा हो ।

(४) निष्कर्ष :
नेपाल जस्तो अर्ध सामन्ती र अर्ध / आौपनिवेशिक अवस्थामा रहेको देशमा मजदुर – किसान एकताका आधारमा र सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना गरेर मात्र वैज्ञानिक समाजवादमा संक्रमण गर्ने बाटो तय गरिन्छ ।
पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको देशमा भने क्रान्तिका लागि वस्तुगत र आत्मगत अवस्था परिपक्व भइसकेको छ भने त्यो देशमा भने वैज्ञानिक समाजवादी क्रान्ति गर्न अनिवार्य हुन्छ ।
राजनीतिक व्यवस्थामा राज्यसत्ताको स्वरुप ढाँचाको विषय मुख्य बन्न आउँछ । नयाँ जनवादी राज्य व्यवस्थामा राज्य सत्ताको स्वरुप र ढाँचा जनताको जनवादी अधिनायकत्व कायम गरिएको हुन्छ भने वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा राज्यको स्वरुप र ढाँचा सर्वहारा वर्गको अधिनायकत्व कायम गरिन्छ । र , वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गरिन्छ ।

( लेखक : नेकपा ( क्रान्तिकारी माओवादी ) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुनुहुन्छ । )