क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तारा थापाकाे निधन

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तारा थापाकाे निधन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तारा थापाकाे निधन भएकाे छ । ताप्लेजुङ निवासी कमरेड तारा थापालाई उच्च रक्तचापका कारण ब्रेन ह्यामरेज भएपछि विराटनगरस्थित न्युराे अस्पतालमा भर्ना गरिएकाे थियाे । पाँच दिनदेखि उपचाररत थापालाई आज (शनिबार) दिउसाे अस्पतालले मृत घाेषित गरेकाे थियाे । उहाँकाे आझै साँझ ईटहरी वुढिखाेलामा अन्त्यष्टी गरिएकाे छ ।
२०५८ मा जनयुद्धमा पुर्णकालीन भएका कमरेड तारा थापा शान्तिप्रक्रियामा आउँदा प्लाटुन कमान्डर हुनुहुन्थ्याे । पालुङटार प्लेनम ताका राज्यसमिति सदस्य हुनुभएका थापा पार्टी विभाजन भएपछि क्रान्तिकारी धारमा उभिनु भयाे । विप्लवकाे नेतृत्वमा पार्टी विभाजन हुँदा विप्लव नेतृत्वकाे नेकपामा लाग्नु भयाे । त्यही बीचमा ताप्लेजुङकाे सेक्रेटरी हुनुभयाे । पछि झापाकाे सेक्रेटरी, इन्चार्ज हुनुभयाे । नेकपा (क्रान्तिकारी माओवादी)का केस पुष्कर श्रेष्ठका अनुसार उहाँ २०७६ मा मेची व्युराेकाे संयाेजक हुनुभयाे । त्यही बेला ४ महिनासम्म जेल पर्नुभयाे । पछि जेलबाट रिहा भएपछि पुष्कर श्रेष्ठसँग क्रान्तिकारी माओवादीमा ध्रुवीकृत हुनुभयाे । हाल उहाँ क्रान्तिकारी माओवादीकाे केन्द्रीय सदस्यकाे जिम्मेवारीमा प्रदेश १ मा कार्यरत हुनुहुन्थ्याे । उहाँका बुबा, आमा, एक श्रीमती र दुई छाेरा हुनुहुन्छ ।