महान भन्दा महान परिवर्तन सम्भव बन्नका लागि यदि शिक्षा नीतिमा आमूल परिवर्तन गरि शिक्षालाइ विकास, अनुसन्धान ,अनुगमन गर्दै प्रत्यक्ष जनताको उत्पादन,विकास,निर्माणमा जोडेर राज्यले जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्ने हो भने विधालय देखि विश्वविधालय सम्म आइपुग्दा वर्षेनि शिक्षित तर ठुलो संख्यामा वेरोजगर जनशक्ति उत्पान गर्ने भट्टी बन्ने थिएन् ।
नेपालको शिक्षा प्रणाली झन झन विभेदकारी बन्दै गएको छ शिक्षा र स्वास्थलाइ पुर्ण रुपमा राष्ट्रियकरण,निशुल्क एवं सर्वसुलभ बनाउदै राष्ट्रियता,जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) स्थापना काल देखि नै निरन्तर संधर्ष गर्दै आएको इतिहास छ । नेपालको शिक्षालाई इतिहासदेखि अहिलेसम्म हेर्दा यसले धेरै र उल्लेखनीइ इतिहासका पानाहरु निर्माण गर्न सकेको छैन । तत्कालिक शासकहरुले यदि जनता शिक्षित भए जनताहरु तिनका विरुद्ध पडकने खतरा त्यो बेला नै निर्दलीय पंचायत शिक्षामा बाधक जनताका हक,हित,अधिकार,एवम आमुल परिवर्तनका निम्ति जनताहरुकै १७ हजार छोराछोरीहरुले निस्वार्थ रुपमा आफ्नो जीवनको वलिदान दिएका छन् । तर केहि गद्दारहरुको व्यक्तिगत स्वार्थकै कारण देशमा फेरी कालो वादल मडारिन थालेको छ । सत्ता र सरकारकै नेतृत्व गर्न आतुर भइ आलो पालो आफ्ना कुस्वार्थ पुरा गर्न दलहरुले गरेका यो घृणित सत्ताको समिकरणले वास्तविक जनताको हित कहिलै गर्दैन् ।
क्याम्पस,विश्वविधालयहरुमा स्ववियु निर्वाचनको रौनक पछिल्लो केहि दशक यता विगतको तुलनामा घट्दो अवस्थामा छ । यो सालको स्ववियु निर्वाचन केहि क्याम्पसहरुमा निर्वाचन हुने तयारी अन्तिम चरणमा पुगे पनि कतिपय क्याम्पसहरुमा आन्तरिक तिक्ततापूर्ण स्थितिले रुमल्लिएको छ । स्ववियु जित्नकै लागि आज विचारहरु थन्काएर लोभ,लालचलाई प्राथमिकता दिदै आफ्ना स्वार्थशिद्ध गर्न अपा्रकृतिक गठबन्धन गर्नमा लिप्त छन् । हाम्रो संगठन अखिल(क्रान्तिकारी)को निरन्तर पहलमानै स्ववियुमा २८बर्षे उमेर हदबन्दी लागु गरिएको हुँदा यस पटक क्याम्पसहरुमा अध्यानरत नियमित विधार्थी नेताहरुबाट नै भोलिका उदयमान राज नेताको रुपमा क्याम्पस तथा विश्वविधालयहरुबाट स्थापित हुनेछन ।
विश्वविधालय तथा अंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी लागु भए संगै अव पार्टीहरुमा पनि कति सम्मका लाइ युवा नेता मान्ने भन्ने बहस चलि सकेका छन् । र कति उमेर अवधिसम्म सक्रिय राजनीतिमा रहने भन्ने बहस पनि नभएका होइनन् । विगतकै तरिकाले राजनीतिलाइ अगाडि बढाउन नसकिने अहिलेको वस्तुगत अवस्थाले चित्रण गरिसकेको छ । यसले गर्दा समग्र वस्तुगत अवस्था प्रविधिको विकास सगैं मानसिक रुपमा स्वच्व सक्षम नेतृत्वले मात्र यो देशको सहि ढंगले नेतृत्व गर्दै निकास दिन सक्दछ । संसदवादि राजनैतिक पार्टि निकट विधार्थीहरु संगठनहरुले सत्तालाइ मिनि संसदको रुपमा लिने गर्ने गर्दछन् । जसरी पनि स्ववियुलाई आफ्नो पोल्टामा पार्नको लागि सबै प्रकारका साम,दाम, दण्ड,भेद प्रयोग गर्दछन् । जसकारण स्ववियुलाइ विधार्थीहरुको साँंझा संस्थाको रुपमा नभइ ठेक्कापट्टा,भष्ट्राचार कमिसन लगायत आफ्ना स्वार्थशिद्धको निम्ति प्रयोग गर्ने मध्य बनाउदै आएका छन् भने स्ववियुलाई सत्ताको रुपमा लिने समेत गर्दछन् । अखिल(क्रालिन्तकारी)ले स्ववियुलाइ संधर्षको मोर्चाको रुपमा लिने गर्दर्छ । विधार्थीहरुको हक अधिकार स्थापनाको निम्ति संधर्ष गर्दै क्याम्पसलाई स्वच्छ प्राज्ञिक मर्यादित,भयरहित वातवरण बनाउनु सबै शिक्षासंग सरोकार राख्ने जनहरुको कर्तव्य हो ।
शिक्षा आज पँुजिवादले सृजनागरेको चरम भुमरीमा फसेको छ, जसबाट जनताहरुका छोराछोरीले प्राप्त गर्ने शिक्षामा विभेद जन्य नीति कै कारण जनताहरु पिडीत बनिरहेका छन् । शैक्षिक संथाहरु वेरोजगर उत्पादन गर्ने भट्टि बन्दै छन् । विदेशी सम्वन्धन प्राप्त स्कुल/कलेजहरुको उचित अध्यान/अनुगमन विना राज्य स्वयमले आर्थिक स्वार्थमा लिप्त बनेर धमाधम आफ्ना देशका शिक्षित जनशक्ति विदेश खेदेर रेमिट्यान्सले देशको अर्थतन्त्र धान्ने तयारीमा राज्य निरन्तर तल्लीन बन्दै आएको छ ।
आज शिक्षा र स्वास्थ सिमित माफियाहरुको कब्जामा छ भने ति माफियाहरु राज्यसंयन्त्र बाटै सुरक्षित बन्दै आएका छन । शिक्षामा भएको चरम भ्रष्टचार, ज्याजतिले गर्दा जनस्थामा प्रतक्ष प्रभावित बन्दै अस्तव्यस्त क्याम्पस,विश्वविधालयहरुमा स्ववियु निर्वाचनको रोनक पछिल्लो केहि दशक अघिका निर्वाचनको अवस्थामा केहि घटेदो दर छ । केहि क्याम्पसहरुमा निर्वाचन हुने तयारी अन्तिम अवस्थामा पुगे पनि कतिपय क्याम्पसहरुमा आन्तरिक तिक्ततापूर्ण स्थितिमा रुमल्लिएको छ । स्ववियु जित्नकै लागि आज विचारहरु थन्काएर लोभ,लालचलाइ प्राथमिकता प्रधान गर्दै आफ्ना स्वार्थशिद्ध गठबन्धनलाइ बढाइएको देखिएको छ ।
यतिबेला स्ववियु निर्वाचन नजिकिदै गर्दा त्रिभुवन विश्वविधालय/सु.प विश्वविधालय/मध्यपच्थ्मि विश्वविधालय नेपाल संस्कृति विश्वविधालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचन हुदै छ । स्ववियु जित्न कै लागि कतिपय क्यापसहरु फर्जि विधार्थीहरुको भर्ना गर्न लालाहित बनेका केहि संसदवादी पार्टी निकटका विधार्थीहरु संगठनहरु यति बेला क्याम्पसहरु भाग बन्डा गरि आफ्ना पोल्टामा हाल्ने कसरत गर्दै छन् । विधार्थीहरुलाइ साँझा शैक्षिक एजेण्डा,राष्टियता,स्वाधिनताबाट चुत गराइ मनोरन्जनमा विधार्थीहरुलाइ भुल्याउदै छन् । आज जनताहरु रोग,भोगबाट पिडीत बन्दै गर्दा जनजिवन झनै कष्टकर बन्दै गएको छ। चरम भ्रष्टचार, युवा जनशक्तिहरु विदेश पलायन हुने समस्या,महंगि, बड्ढदो बेरोजगारी समस्या,खस्कदो कृषि तथा किसानहरुका जल्दोबल्दो अन्य समस्या,लुटाहा बैंकक तथा वितिय संस्था,कालाबजारी,सुदखारी मिटरव्याजीको आतंकले आज आम युवाहरु आफ्नै देशमा सुरक्षीत बन्न सकिरहेका छैन्न् ।जसले गर्दा दिनदहाडै युवाहरुले संसदभवन अगाडि आत्मादाह गर्दै आफै बिष्फोट समेत हुन पुगे ,अब भ्रष्ट संसदिय पार्टीहले बुझने समय आइसक्यो कि, गलत नियत बोकेका समृद्धिका सपना देखाइ जनता विरुद्ध हर्कत गर्ने सत्ता लिप्सा चरित्र बोकेका शासकहरु विरुद्ध आफ्नो ज्यानको पर्वाह नगरि सहजै आहुति दिन तयार भएकाहरुले तिनलाइ पनि आफै साथै पडकाउन सक्ने छन भनेर … अन्त्यका युवाहरुलाइ क्षमता अनुसारको काम र काम अनुसारको माम दिन रणनीति अनुसारको कार्यान्वनमा तल्लीन बन्दै र बनाउदै लाग्नु पर्दछ ।
युवा शंक्तिलाइ आफ्नै देशमा भएका जल,जंगल,जमिन,जडिबुटी,जस्ता अपार प्रकृति साधन स्रोतको प्रयोग गर्दै देशमा रोजगारको सम्भवनाहरु वृद्घि गराइ राष्ट्रियता,स्वाधिनताको रक्षाका खातिर सदैव तयार र तैनाथ राख्नुपर्दछ। अनि मात्र देश समृद्धिको बाटो तर्फ अगि बड्ढने छ ।
लेखक अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर