नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले नेकपा (बहुमत)का रुपन्देही जिल्ला संयोजक कृष्ण गिरी बिजयलाई निशर्त रिहाई गर्न प्रहरी प्रशासनसंग माग गरेको छ ।
लघुवित्तमा तालाबन्दी गरेको आरोपमा गिरफ्तार भएका गिरीलाई निर्शत रिहा गर्न माग गर्दै क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका कार्यबहाक सेक्रेटरी समरले विहीवार एक प्रेस बक्तब्य जारी गर्नुभएको हो ।
‘लघुवित्त संस्थाबाट पीडित जनतालाई न्याय दिन हामी राज्य संग जोडदार माग गर्दै ,राति घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरी हिरासतमा राखिएका नेकपा (बहुमत) रुपन्देही जिल्ला संयोजक कृष्ण गिरी (विजय)लाई तुरुन्त निःशर्त रिहा गर्न माग गर्दछौ ।’ कार्यबहाक सेक्रेटरी समर द्वारा हस्ताक्षरित बक्तब्यमा थप भनिएको छ, ‘अतः हाम्रो जायज माग पूरा नभए लघु बित्त पीडितहरुलाई साथ लिएर संयुक्त आन्दोलन छेड्न बाध्य हुने कुरा यसै बिज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौ ।’ नेकपा (बहुमत) नवलपरासीले सिभिल लघु बित्त पंचनगरमा तालाबन्दी गरेको थियो ।
क्रान्तिकारी माओवादी, नेकपा(बहुमत) र नेकपा(मशाल) बीच कार्यगत एकता गर्दै केन्द्रमा पार्टी एकताको संयोजन समिति बनेसंगै तीनवटै पार्टीका नेता कार्यकर्ता जिल्लास्तरमा समेत सहकार्य गर्दै आएका छन् । सहकार्यको पृष्ठभुमिमा बहुमतका नेता बिजयको रिहाईको माग गर्दै क्रान्तिकारी माओवादीले संर्घषको चेतावनी दिएको हो ।
बिज्ञप्तिको पुर्ण पाठ
विश्व सर्वहारावर्गको अग्रदस्ता, नेपाली कम्युनिष्ट आन्दोलनको एक सच्चा पहरेदार महान् तथा गौरवशाली पार्टी नेकपा(क्रान्तिकारी माओवादी)ले राष्ट्रियता , जनतन्त्र र जनजिविका पक्षमा आफूलाई दृढ रुपमा उभ्याउदै आएको सर्बबिदितै छ । राष्ट्रघात जनघातका साथै समाजमा ब्याप्त भष्ट्रचार , कमिशनखोरी एंव सुदखोरहरुका बिरुद्ध हाम्रो जिल्ला पार्टीले संर्घष उठान गर्दै आधारभुत वर्गका जनताको पक्षमा वकालत गर्दै आएको छ ।
पछिल्लो समय राष्ट्रिय रुपमा आर्थिक संकट चुलिदैं जादाँ विपन्न वर्ग, निम्न मध्यम वर्ग तथा मध्यम वर्ग एंव राष्ट्रिय पुजींपति वर्ग समेत यसको चपेटा पर्दै आएका छन् । दलाल राज्य व्यवस्थाको राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरेका बैंक तथा बित्तिय संस्थाहरुको ज्यादती निकै अन्यायपुर्ण रुपमा बढ्दै गएको छ । अझ त्यसमा पनि एक कदम अगाडि बढेर नवसामन्तीका रुपमा स्थापित लघुवित्त संस्थाहरुले गर्ने गैर ब्यवसायिक हर्कतहरुले गाउँघरका विपन्न वर्ग निकै सास्तीमा पर्दै आएको छ । विपन्नलाई झन् विपन्न बनाउँदै लगेको यस्ता लघु बित्तले मासिक किस्ता असुल गर्दा ऋणीहरूको सामाजिक बदनाम गर्ने, आत्महत्या गर्न दुरुत्साहन गर्ने, गाली–बेइज्जती गर्ने, धम्क्याउने, मनपरी सेवाशुल्क असुल्ने , जनताको जिन्सी, मोबाइल, हाँस कुखुरा, खसीबाख्रा जफत गर्ने , मानवीय संबेदनाको समेत ख्याल नगरी क्रियापुत्री र सुत्केरीसंग समेत किस्ता ताकेता गर्ने, जंगलकै बास बस्न बाध्य पार्ने, बालबालिकालाई समेत बन्धक बनाउने जस्ता असभ्य एंव अभद्र व्यवहार गर्दै आएका छन् । लघु बित्तद्वारा गरिएका त्यस प्रकारका रबैयाको हाम्रो पार्टीले विगत देखि नै प्रतिवाद गर्दै लघु बित्त पीडित संर्घष समितिको आन्दोलन प्रति ऐक्यबद्धता समेत जनाउदै आएको सबैलाई अवगतै नै छ ।
राज्य सबै नागरिकको अभिभावक हो । नागरिकले राज्य संग कुनै पनि माग गर्नु उसको मौलिक अधिकार हो । त्यसैले राज्यले लघुवित्त संस्थाबाट पीडित जनतालाई न्याय दिनुको सट्टा जनताका पक्षमा लाग्ने ब्यक्तित्वहरु माथि घरमा प्रहरी पठाई धम्क्याउने, घर सर्च गर्ने, घेरा हाल्ने र गिरफ्तार गर्ने जस्ता दुःख दिदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । तर्सथ, लघुवित्त संस्थाबाट पीडित जनतालाई न्याय दिन हामी राज्य संग जोडदार माग गर्दै ,राति घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरी हिरासतमा राखिएका नेकपा (बहुमत) रुपन्देही जिल्ला संयोजक कृष्ण गिरी (विजय)लाई तुरुन्त निःशर्त रिहा गर्न माग गर्दछौ ।
क.समर
का.वा. सेक्रेटरी