६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूले चैत्र ८ मा विराेध प्रदर्शन गर्ने

६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूले चैत्र ८ मा विराेध प्रदर्शन गर्ने

 

काठमाडौं । विभिन्न दल निकट ६ किसान संगठनले ९ बुँदे माग राखेर संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्।

बिहीबार विज्ञप्ति प्रकाशित गरी किसान संघ संगठनहरुले चैत ८ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएका हुन्।

६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समितिको बैठक फागुन ३० गते काठमाडौँमा बसेको बैठकले सरकारसमक्ष तत्कालीन मागहरू प्रस्तुत गरी ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

यस्तै माग पूरा गराउन आवश्यक परे संयुक्त संघर्ष अघि बढाउने र यही चैत्र ८ गते माइतीघर मण्डला एवम् मधेस प्रदेशमा सांकेतिक रूपमा संयुक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।