
फागुन २६ , काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ आज हुने भएको छ।
यो रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ। यसअघि उक्त रिट दर्ता गर्न पनि खतिवडासहितको इजलासले नै आदेश दिएको थियो।
सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको रिट दर्ता गर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले आदेश दिएको थियो।
यसअघि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको थियो। तर उनको एकल इजलास नबस्दा सुनुवाइ भएन। आजका लागि खतिवडाको इजलासमा पेसी तोकिएको हो।
प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरनसहित र चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट निवेदन दिएका छन्।