तेस्रो मिल्स गोल्डकप शनिबारदेखि

तेस्रो मिल्स गोल्डकप शनिबारदेखि

फाल्गुन २५, २०७९

विराटनगर — तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । मिल्स गोल्डकप फुटवल ट्रष्टले बिहीबार पत्रकार सम्मेलन गरी विराटनगर जुट मिलको खेल मैदानमा प्रतियोगिता सुरु हुने जानकारी दिएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा मोफसलका ए डिभिजनका ८ टिमको सहभागिता रहनेछन् । विजयी टिमले २ लाख ११ हजार र उपविजेताले १ लाख ११ हजार पुरस्कारसहित ट्रफी पाउनेछन् ।

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिता आयोजना गर्न करिब २५ लाख खर्च हुने अनुमान गरिएको छ । त्यो सबै प्रायोजनबाट संकलन हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा गत वर्षको विजेता सिराहको गोलबजार, साइनो स्पोटिङ क्लब विराटनगर, शान्तिनगर फुटबल क्लब सुनसरी, ध्रुवतारा फुटबल क्लब झापा, सहलेस युवा क्लब सिराहा, गाईघाट फुटबल क्लब उदयपुर, वीरगन्ज यूनाईटेड पर्सा र द सेभेन युथ क्लब धनकुटा सहभागी हुनेछन् ।