पाेखरा । ‘स्वाधीनता, समानता र जनगणतन्त्र प्राप्तिको निम्ती संघर्ष गरौं ! ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भब्य रुपमा सफल पारौं !!’ भन्ने नाराका साथ तीनवटा क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी महिला संगठनहरु अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्की, अखिल नेपाल महिला संगठन कास्की, अखिल नेपाल महिला संघ कास्कीको संयुक्त आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कास्की जिल्लाको पोखरामा भब्य रुपमा सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्की, अध्यक्ष उर्मिला श्रीसको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तीन पार्टीका अतिथि वक्ताहरु र महिला नेततृहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व र नेपाली महिलाहरुले परिवर्तनको आन्दोलनमा खेलेको भुमिको चर्चा गर्नु भएकाे थियाे । नेकपा क्रान्तिकारी माओवादी का पोलिट ब्युरो सदस्य एवंम ४ नंम्बर प्रदेश सेक्रेटरी केश वहादुर परियारले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई संसारभरका क्रान्तिकारी महिलाहरुले आन्दोलनको रुपमा यो दिवस मनाई रहेका छन् भने संशोधनवादी र सुधारवादी महिला संगठनहरुले उत्सवको रुपमा, मनोरन्जनको रुपमा मनाइहेकाे चर्चा गर्नुभयाे । अहिले क्रान्तिकारीहरुको अवस्था कमजोर देखिएकोले क्रान्तिकारी शक्तिलाई मजवुत बनाउन सबै क्रान्तिकारीहरु एक जुट हुनु पर्ने कुरामा जोड दिनु भएकाे थियाे ।
नेकपा (बहुमत) का केन्द्रिय सदस्य एवंम कास्की / स्याङजा जिल्ला इन्चार्ज गोकुल पराजली, नेकपा (मशाल) का कास्की जिल्ला सेक्रेटरी विक्रम थापा, महिला नेतृहरु देवि थापा, लक्ष्मी खड्का लगायतका वक्ताहरुले बोल्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य बिना बुढाथुकीले राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन कमला परियारले गर्नु भएको थियो ।