११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस पोखरामा सम्पन्न

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस पोखरामा सम्पन्न

२४ फागुन पोखरा ।
स्वाधिनता, समानता र जनगणतन्त्र प्राप्तीको निम्ती संघर्ष गरौं ! ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भब्य रुपमा सफल पारौं !! भन्ने नाराका साथ तिनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी महिला संगठनहरु अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्की, अखिल नेपाल महिला संगठन कास्की, अखिल नेपाल महिला संघ कास्कीको संयुक्त आयोजनामा मार्च ८ अर्थात फागुन २४गते ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस कास्की जिल्लाको पोखरामा भब्य रुपमा सम्पन्न गरिएको छ ।


अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्की, अध्यक्ष उर्मिला श्रीसको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तिन पार्टीका अतिथि वक्ताहरु र महिला नेत्रीहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको महत्व र नेपाली महिलाहरुले परिवर्तनको आन्दोलनमा खेलेको भुमिको चर्चा गर्नु भयो ।


नेकपा क्रान्तिकारी (माओवादी) पोलिट ब्युरो सदस्य एवंम ४ नंम्बर प्रदेश सेक्रेटरी केश वहादुर परियारले अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई संसार भरका क्रान्तिकारी महिलाहरुले आन्दोलनको रुपमा यो दिवस मनाई रहेका छन् भने संशोधनवादी र सुधारवादी महिला संगठनहरुले उत्सवको रुपमा, मनोरन्जनको रुपमा मनाई रहेका छन् । अहिले क्रान्तिकारीहरुको अवस्था कमजोर देखिएको छ । क्रान्तिकारी शक्तिलाई मजवुत बनाउन सबै क्रान्तिकारीहरु एक जुट हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।


नेकपा (बहुमत) का केन्द्रिय सदस्य एवंम कास्की / स्याङजा जिल्ला इन्चार्ज गोकल पराजली, नेकपा (मशाल) का कास्की जिल्ला सेक्रेटरी विक्रम थापा, महिला नेत्रीहरु देवि थापा, लक्ष्मी खड्का लगायतका वक्ताहरुले बोल्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य बिना बुढाथोकीले राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन कमला परियारले गर्नु भएको थियो ।