
जबसम्म हुँदैन
आकाश र धरतीको
भेद निमिट्यान्न
तबसम्म
जारी रहन्छ
तिम्रो र मेरो बिच
घमासान लडाइँ
जबसम्म
हामी बिच हुन्छ
तेरो र मेरो
बादल र पानी
भित्र र बाहिर
उँच र निच
तबसम्म हुन्छ
हामी बिच
घमासान युद्ध
अर्थात्
मारकाट हिंसा
म त
निर्मम
काटमार चाहन्छु
तिम्रो हिंसा विरुद्ध
साँच्चिकै
प्रेम खातिर ।