एलपीएल क्रिकेट : लिटिल फ्लावरको लगातार तेस्रो जित

एलपीएल क्रिकेट : लिटिल फ्लावरको लगातार तेस्रो जित

माघ २७, २०७९

धनगढी — कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यू–१९ टी–२० क्रिकेट प्रतियोगिता लिटिल फ्लावर प्रिमियर लिग एलपीएल अन्तर्गत छैठौ दिन बिहीबार सम्पन्न खेलमा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर र धनगढीको लिटिल फ्लावर स्कुल बिजयी भएका छन् ।

बिहीबार पहिलो खेलमा भुवनेश्वरीले सैनिक आवासीय महाविद्यालयलाई १० विकेटले पराजित गर्‍यो । प्रतियोगितामा भुवनेश्वरीको यो दोस्रो जित हो । सैनिकले दिएको ३४ रनको सामान्य लक्ष्य भुवनेश्वरीले ३।५ ओभरमा विकेट नगुमाइ पूरा गर्‍यो । लोकेश जोशीले अविजित २० तथा बिशेष नाथले अविजित ६ रन बनाउदै जित दिलाए । भुनेश्वरीका खगेन्द्र ठगुन्नाले ५ विकेट लिए । उनी प्लेयर अफ दि म्याच घोषित भए । यस्तै भारत चन्दले ४ विकेट लिए ।

बिहीबारकै दोस्रो खेलमा लिटिल फ्लावर स्कुल धनगढीले वेष्टर्न क्रिष्टल एकेडेमी धनगढीलाइ ९ विकेटले पराजित गर्‍यो । वेष्टर्न क्रिष्टलले दिएको १२८ रनको लक्ष्य लिटिल फ्लावर ले १२।४ ओभरमा १ विकेट क्षतिमा भेट्टायो । लिटिल फ्लावरका ओपनर सुवोध ऐर र विपिन रावलले ९४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । सुवोधले मात्र २८ वलमा ८ चौका र २ छक्का मद्दतले ५१ रन बनाए । विपिनले अविजित ५७ रन बनाए । लिटिल फ्लावरको यो लगातार तेस्रो जित हो ।

यसअघि टस जितेर व्याटिङ गरेको वेष्टर्न क्रिष्टलले २० ओभरमा ७ विकेट क्षतिमा १२७ रन बनायो । उसका लागि ओपनर डवल ऐरले सर्वाधिक ४६ रन तथा नरेश ऐरले अविजित २० रन बनाए । लिटिल फ्लावरका सचिन भट्टले ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विपिन रावल घोषित भए ।