मोरङ/नेकपा(क्रान्तिकारी माओवादी) मोरङ जिल्ला समितिले २८ औँ जनयुद्ध दिवश भव्यरुपमा मनाउने भएको छ ।
पार्टीको १० औँ जिल्ला बैठक सम्पन्न गर्दै मोरङकै सुन्दरहरैचा नगरपालिकामा जनयुद्ध दिवश भव्य रुपमा मनाउने निर्णय गरेको नेकपा(क्रान्तिकारी माओवादी) मोरङ सेक्रेटरी बादलले बताउनु भयो । उहाँले फागुन १ गते जिल्लामा आवद्ध सम्पूर्ण कमरेडहरुसँग आन्तक्रिया र छलफल गरेर जनयुद्धको महत्व बारे चर्चा गर्ने जानकारी दिनु भयो । सेक्रेटरी बादलले फागुन १४ देखि २१ गते सम्म मनाईने शहित सप्ताहमा शहिद परिवार तथा वेपत्ता परिवारसँग भेटघाट गर्ने कार्यक्रम राखेको पनि जानकारी गराउनु भयो ।
बैठकमा नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा प्रदेश १ का सेक्रेटरी सरलले सबैखाले उत्पीडिन अन्त्य गर्न क्रान्तिकारीहरु अगाडि बढ्नु पर्ने बताउनु भयो । उहँले जनवादी क्रान्ति सम्पन्न गर्नका लागि आघात योगदान पुर्याउन सबैलाई अनुरोध गर्नु भयो ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा मोरङ्ग जिल्ला इन्चार्ज विमल निरौलाले मजदुर किसान र सुकुम्बासी राज्यसत्तामा पुगे मात्र यो देशका उत्पीडितले न्याय पाउने भन्दै त्यसका लागि सबै एकजुट भएर निस्वार्थ भावनाले लड्नु पर्ने भनाई राख्नु भयो । सोहि बैठकमा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोराले क्रान्तिकारी काम गर्न सच्चा क्रान्तिकारीहरु एकैठाउँमा हुनु पर्ने बताउनु भयो । उहाँले कम्युनिष्ट क्रान्तिकारी एक भएर लड्न नसक्दा रवि जस्ता विदेशी नागरिकताधारीहरु सत्तामा पुगेर नेपाली जनतालाई झुक्याइ रहेको धारणा राख्नु भयो ।
उक्त बैठकको संचालन तथा अध्यक्षता पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी बादलले गर्नु भएको थियो ।