एनजीओ – गैरसरकारी संस्था(गैसस)
अंग्रेजीमा नन्गभर्नमेण्टल अर्गनाइजेशन(संक्षिप्तमा एनजीओ), जसलाई नेपालीमा गैरसरकारी संगठन वा संस्था (गैसस) भनिन्छ । यद्धपि एनजीओ (गैसस) अथवा गैरसरकारी संस्था भन्ने शब्दको अर्थ कुनै संगठन वा संस्था, जो सरकारद्धारा नियन्त्रित र व्यवस्थित हुँदैन, यसलाई एउटा समुदायका लागि कुनै खालको विकासको निम्ति कामगर्ने साना र ठूला एजेन्सीहरु अथवा समूहहरुका रुपमा बुझिदै र प्रयोग गर्दै आइरहेको छ । यो शव्द विकाशशील र निम्न आयस्रोत भएका देशहरु अधिकतर यस्ता संगठनहरुका लागि प्रयोग गरिन्छ, जवकि पश्चिमा देशहरुमा, यो शव्द बढता ‘गैर नाफामूलक’का रुपमा लिइन्छ । विकसित विश्वमा रहेका अन्तराष्ट्रिय गैर नाफामूलक केन्द्रहरु(हेडक्वाटर्स) समेतलाई अन्तराष्ट्रिय गैरसरकारी सस्थाहरु(आइएनजीओ) भनिन्छ, किनभने यिनीहरुको कार्यक्षेत्र अत्यधिक मात्रामा विश्वव्यापी रुपमा फैलिएको हुन्छ र खासगरी विश्वको दक्षिणी गोलार्धका देशहरुतर्फ केन्द्रीत छन ।
एनजीओ शब्दको पहिलो पटक प्रयोग १९४५मा भयो, जव संयुक्त राष्ट्र संघको स्थापना गरियो । संयुक्त राष्ट्र संघ आफैमा एउटा अन्तरसरकारी संगठन हो, जसका कारण यस्तो विशिष्ट प्रकारको अन्तराष्ट्रिय गैर राज्य एजेन्सी –गैरसरकारी संगठनहरुको निर्माण सम्भव बन्यो । यसलाई पर्येवेक्षकको मान्यता संयुक्त राष्ट्रसंघको साधरणसभाहरु र यसका अन्य वैठकहरुमा दिइने गरिन्छ । पछि यो शब्दले व्यापकता लिंदै गयो ।
आज, संयुक्त राष्ट्र संघका अनुसार, कुनै पनि नीजी संगठन जो सरकारी नियन्त्रण भन्दा वाहिर रहेर स्वतन्त्र रुपले कामगर्दछ, त्यसलाई एनजीओ भनिन्छ । यो गैर नाफामूलक, सरकारी हस्तक्षेप विहीन संगठन हो तर केबल यो प्रतिपक्ष राजनीतिक दल होइन ।
ऐतिहासिक रुपले भन्ने हो भने, रोटरी इन्टरनेशनल, पहिले यसलाई रोटरी मात्रै भनिन्थ्यो, सवभन्दा पुरानो एनजीओको रुपमा मानिन्छ तर यस्ता संस्थाहरु १९औ शताव्दीको लोकप्रीय आन्दोलनका दौरानमा मात्रै अत्यधिक रुपमा अस्त्त्विमा आए जस्तै दाशप्रथा विरोधी आन्दोलन र महिला मुक्तिका लागि गरिएका आन्दोलनहरु । संयुक्त राष्ट्र संघको स्थापनासंगै विश्वव्यापी रुपमा एनजीओहरु अस्तित्वमा आए जुन समयमा, अन्तराष्ट्रिय परामर्स प्रक्रियामा यस्ता स्वतन्त्र संस्थाहरु अगाडि आएका थिए । संयुक्त राष्टसंघको एजेण्डा नम्वर २१को २७ नम्वर च्याप्टरले दिगो विकासका लागि गरिने योगदानमा एनजीओहरुको सान्दर्भिकता स्विकार गरेको छ । यसको साथै, सरकारहरु र अन्य द्धिपक्षीय र बहुपक्षीय संघ संस्थाहरुका कार्यक्रमहरुमा संलग्न हुन एनजीओहरुले सुरु गरे । तर अन्त्यमा २१औ शताव्दीको विश्वव्यापीकरणको अन्तिम आगमनसंगै यसले विश्वका सम्पूर्ण देशहरुमा खासगरी विश्वका गरिब र विकाशिल देशहरुका लागि एनजीओ आन्दोलन निर्माण गर्‍यो ।
गैर नाफामूलकका रुपमा एनजीओहरु आथिर्क सहयोगका लागि विभिन्न स्रोतहरुमा निर्भर रहन्छन् जस्तै: सदस्यतामा आधारित, नीजी दान सहयोगमा, सेवा र सामानहरुको विक्रि वितरणबाट र अनुदानमा । तर केहीले भने औपचारिक रुपमा आर्थिक सहयोग लिंदैनन र स्वयमसेवीहरुद्धारा संचालित रहन्छन् । एनजीओहरु एकदमै संगठनहरुका विभिनन समूहहरु जे विभिन्न कृयाकलापहरुमा संलग्न रहन्छन् । र विश्वका फरक फरक भागहरुमा विभिन्न रुपमा कामगर्दछन् । कसैको च्यारिटेव«ल मान्यता रहन्छ भने केही अन्य सामाजिक लक्ष्यको आधारमा कर छुटमा आधारित रहन्छन् । अरुहरु राजनीतिक, धार्मिक र अन्य चाहनाका लागि मञ्च हुन्छन् । दोस्रो विश्व युद्धदेखि, एनजीओहरुको अन्तराष्ट्रिय विकासमा एउटा बढदो भूमिका रहदै आएको थियो खासगरी मानवीय सहयोगको क्षत्रमा र गरिबी निवारणको क्षेत्रमा । ‘एनजीओ’ शब्दलाई सधैभरी लगातार प्रयोग गरिदैन । कुनै देशमा यसलाई एनजीओ लाई एउटा संगठनको रुपमा लिइन्छ भने अन्य देशमा एनपीओ भनिन्छ। जस्को अर्थ गैरनाफामूलक संगठन । राजनीतिक दलहरु र ट्रेड युनियनहरुलाई केही देशमा एनजीओ भनिन्छ । सरकारबाट स्वतन्त्र भएता पनि केही एनजीओहरु एकदमै सरकारी आर्थिक सहयोगमा निर्भर रहन्छन् । बहुसंख्यक एनजीओहरुको बजेट लाखौ करोडौमा रहन्छ ।
कुन एनजीओ कस्तो हो भन्ने उसले के कसता कामगर्दछ मा निर्भर रहन्छ । ती कामहरुमा मानव अधिकार, वातावरण स्वास्थ्य सुधार, अथवा विकास निमाृणका काम । एउटा एनजीओक कामको स्तरले उसको कामको क्षेत्र निधौण गर्दछ, जस्तै स्थानीय, क्षेत्रीय राष्ट्रिय अथवा अन्तराष्ट्रिय । जवकि “एनजीओ”लाई विभिन्न प्रकारका व्याख्याहरु छन, यसलाई सामान्यत नीजी संगठनहरु संलग्नका रुपमा स्विकार गरिन्छ जसले सरकारी नियन्त्रण विना कामगर्दछन् र जो गैर नाफामूलक छन् र गैर अपराधिक छन् । यसलाई थप परिभाषित यसरी पनि गरिन्छ कि एनजीओहरु त्यस्ता संगठनहरु हुन जो गैर धार्मिक र गैर सैनिक छन् । केही एनजीओहरु भोलेन्टीयर्समा आधारित हुन्छन् जवकि अन्य तलवी कर्मचारीद्धारा सहयोग गरिएका हुन्छन् । ‘एनजीओ’ भन्ने पदावली सधैभरी लगातार रुपले उपयोग गरिएको छैन् । केही देशहरुमा एनजीओ पदावली एउटा संगठनको लागि लागु गरिन्छ, त्यही अर्को देशमा अर्कै नामले सम्वोधन गरिन्छ ।
जवकि “एनजीओ”लाई विभिन्न प्रकारकाले वर्णन गर्न सकिन्छ । यसलाई सामान्यत नीजी संगठनहरु संलग्नका रुपमा स्विकार गरिन्छ जसले सरकारी नियन्त्रण विना काम गर्दछन् र जो गैर नाफामूलक छन् र गैर अपराधिक छन् । यसलाई थप परिभाषित यसरी पनि गरिन्छ कि एनजीओहरु त्यस्ता संगठनहरु हुन जो गैर धार्मिक र गैर सैनिक छन् । केही एनजीओहरु स्वयमसेवी भावनामा आधारित हुन्छन् जवकि अन्य तलवी कर्मचारीद्धारा सहयोग गरिएका हुन्छन् ।
एनजीओहरु सामान्यतया दान दक्षिणा र सहयोगद्धारा आर्थिक सहयोग पाउछन्, तर केहीले भने औपचारिक रुपमा आर्थिक सहयोग लिंदैनन र स्वयमसेवीहरुद्धारा संचालित रहन्छन् । एनजीओहरु एकदमै संगठनहरुका विभिन्न समूहहरु जो विभिन्न कृयाकलापहरुमा संलग्न रहन्छन् । र विश्वका फरक फरक भागहरुमा विभिन्न रुपमा काम गर्दछन् । कसैको उपकारी(च्यारिटेवुल) मान्यता रहन्छ भने केही अन्य सामाजिक लक्ष्यको आधारमा कर छुटमा आधारित रहन्छन् । अरुहरु राजनीतिक, धार्मिक र अन्य चाहनाका लागि मञ्चका रुपमा काम गरिरहेका हुन्छन् । दोस्रो विश्व युद्धदेखि, एनजीओहरुको अन्तराष्ट्रिय विकासमा एउटा बढदो भूमिका रहदै आएको थियो, खासगरी मानवीय सहयोगको क्षेत्रमा र गरिबी निवारणको क्षेत्रमा ।
एनजीओ’ शब्दलाई सधैभरी लगातार एउटै रुपमा प्रयोग गरिदैन । कुनै देशमा यसलाई (एनजीओलाई) एउटा संगठनको रुपमा लिइन्छ भने अन्य देशमा एनपीओ(नन पोरफिट अर्गनाइजेसन) भनिन्छ, जस्को अर्थ गैरनाफामूलक संगठन भन्ने हो । राजनीतिक दलहरु र ट्रेड युनियनहरुलाई पनि केही देशमा एनजीओ भनिन्छ । विश्वस्तरमा एनजीओहरुले अनेकौ कामहरु गर्दछन् र ती कामहरुमा मानव अधिकार, वातावरण, स्वास्थ्य सुधार, अथवा विकास निर्माणका काम । एउटा एनजीओको कामको स्तरले उसको कामको क्षेत्र निर्धारण गर्दछ, जस्तै स्थानीय, क्षेत्रीय, राष्ट्रिय अथवा अन्तराष्ट्रिय ।
एनजीओका प्रकारहरु
एनजीओका निम्न विविधताहरु विद्यमान छन् :
बिङगो (द्यक्ष्ल्न्इ) व्यापार मैत्री अन्तराष्ट्रिय एनजीओ जस्तै रेडक्रस
इङगो (भ्ल्न्इ) वातावरणीय एनजीओ: ग्रीनपिस र विश्व वन्य जन्तु कोष, अर्ध मान्यता दिइएको आइएनजीओ जस्तै अक्सफाम ।
गोंगो (न्इल्न्इ० सरकारद्धारा संगठीत गैरसरकारी संस्था जस्तै प्रकृतिको संरक्षणका लागि अन्तराष्ट्रिय युनियन ।
इङगो (क्ष्ल्न्इ) अर्ध स्वायत्त आइएनजीओ जस्तै अक्सफाम
क्वाङगो ९त्तग्ब्ल्न्इ० अर्ध स्वायत्त आइएनजीओ जस्तै स्तरियता निर्धारण गर्नका लागि अन्तराष्टिय संगठन आइएसओ (क्ष्क्इे)
गोंगो (न्इल्न्इ० कुनै कुनै देशमा त्यहाँ को सरकारद्धारा त्यस्तो गैर सरकारी संगठनलाई संगठित गरिन्छ, जसलाई छोटकरीमा गोंगो (न्इल्न्इ० भनिन्छ । यो भनेको एउटा त्यस्तो गैर सरकारी संस्था हो जुन सरकारद्धारा उसको राजनीतिक प्रभाव र चाहनालाई नागरिक समाजमार्फत देशभित्र वा यसको आफ्नो चाहना र प्रभावलाई वाह्य अन्तराष्ट्रिय स्तरमा लैजान देशभित्र यस्ता संस्थाको स्थापना तथा पालन पोषण गरिएको हुन्छ ।
गोंगो (न्इल्न्इ०को इतिहास
यो शव्द १९८०को दशकको अनत्यतिर प्रचलनमा आउन थाल्यो र यसको पहिलो सुरुवात गर्ने काम इन्डोनेसियन गैर सरकारी संगठनहरुको एउटा समूहद्धारा गरियो । एनजीओहरुको पश्चिमी खासगरी अमेरिकी विचारको विपरित जसको विचारमा एनजीओको काम सरकारलाई वेलावेलामा एउटा वाच डगको रुपमा हेर्ने थियो, यसले सरकार र एनजीओ बिचमा काफी विवाद ल्याउने गर्दछ । चाइनाले परियोजनामा आधारित यस्ता अनेको गोंगोहरु सुरुमा अफ्रिकामा र पछि दक्षिण एसीयामा विकास गरेको छ, जसले उसका परियोजनाहरुको सफल कार्यान्वयनका लागि परियोजनामा आधारित अन्तरक्रियाहरु संचालन गर्दछ । यसको चासो यो हो कि यस्ता गोंगोहरु उसको विदेश नीतिलाई प्रभावित गराउनका लागि राज्यबाट एउटा सहयोगीको निर्माण हुन सक्छ जुन अहिलेसम्म पनि दात्री निकाय(डोनर)भन्दा अन्तराष्ट्रिय सहयोगदाताका रुपमा लिइदै आएको छ ।
उद्येश्यहरु
एउटा गोंगो कुनै पनि राम्रो राजनीतिक अथवा सामाजिक लक्ष्यका लागि निर्माण गरिन्छन् । यद्धपि सही मानेमा यसले सरकारको एउटा संयन्त्रको रुपमा उसको आफ्नो आन्तरिक राजनीतिक चाहनाको रुपमा काम गर्ने हो । र यसको आर्थिक र वैदेशिक नीतिका उद्येश्यहरुलाई महसुस गराउने हो । कहिले काही गोंगोहरु अन्तराष्ट्रिय सहयोग खोज्नका लागि अथवा कुनै निर्दिष्ट मानवीय समस्याहरुको निराकरणका लागि पनि निर्माण गरिन्छन । पुँजीवादी लोकतन्त्रवादीहरुको दृष्टिमा यो केवल विकासशील देशहरुमा मात्रै सिमित रहदैन, प्रायजसो त गोंगोहरुको स्थापना अलोकतान्त्रिक सरकारहरुले एउटा गोंगोको व्यक्तिगत, लक्ष्य, काम अथवा कृणकलापमाथिको नियन्त्रणका लागि पनि गरिन्छ । यो नियन्त्रणलाई सकारात्मक रुपमा लिने गरिदैन किनभने यो तरिकाले एउटा एनजीओ स्प्रीरिटलाई सरकारसितको सम्झौतामा लैजान्छ । घेरै गोप्य लुकेका एक्टरहरु र जनताबाट सरकारको प्रवृति केहो छोपी दिन्छ । गोंगोका केही उदाहरणहरु : चीनको रेडक्रस सोसाइटी, नाजि विहिन विश्व, लोकतन्त्रका लागि राष्ट्रिय अभियान र गरिबी निबारणका लागि चाइना फाउन्डेसनआदि
नेपालमा गोंगोको उदाहरणका रुपमा सिंहदरवारभित्रैको पूर्वसांसद र वर्तमान संसदको एनजीओलाई लिन सकिन्छ । जननीर्वाचित सांसदलाई खबरदारी गर्ने भन्दै पूर्वसांसद र वर्तमान सांसदले सिंहदरवारभित्रै गैरसरकारी संस्था(एनजीओ)चलाएका छन् । कार्यालय स्थापना र सञ्चालन गर्न सित्तैमा फल्याट उपलब्ध गराइएको एनजीओलाई सरकारले वार्षिक बजेटसमेत दिंदै आएकोछ । पूर्वसांसद तारानाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’नामक एनजीओ सिंहदरवारभित्र अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरुले फेरी अर्को एनजीओ सुरु गरेका छन् । जिप्रका काठमाण्डौमा ‘संविधानसभा सदस्य परिषद, नेपाल’नामको एनजीओ दर्ता गरेर संघीय संसद सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् । कार्यालयका लागि हाल तीनवटा कोठा प्राप्त भएको परिषद संयोजक अनन्तप्रसाद पौडेलले बताए । पूर्वसभामुखसमेत रहेका सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेमवाङ संरक्षक र दोस्रो संविधानसभाको सभामुख ओनसरी घर्ती सल्लाहकार रहेको परिषदको सहसंयोजकमा ईश्वरी सुवेदी, महासचिवमा श्रृषिकेश पोखरेल, सचिव डोरप्रसाद उपाध्याय र कोषाध्यक्षमा सीता गुरुङ छन् ।
३५ सदस्यीय तदर्थ समिति गठन भएको परिषदमा संविधानसभा हुँदा संलग्न सबै राजनीतिक दललाई समावेश गरिएको संयोजक पौडेलले बताए । परिषदले गत तीन साउनमा राष्ट्रिय भेला गर्‍यो । पहिलो र दोस्रो संविधानसभाका कुल एक हजार एक सय नौ सभासद्मध्ये निधन भइसकेका २६ बाहेक सबैलाई भेलामा बोलाइएको संयोजक पौडेलले बताए । आजीवन सदस्यताका लागि प्रतिव्यक्ति दुई हजार छुट्टाइएको र त्यसैबाट ३ साउनमा हुने राष्ट्रिय भेलालगायतका लागि खर्च गरिएको उनको दावि थियो ।
दुबै एनजीओ सरकारकै खर्चमा
‘पूर्वसांसद मञ्च, नेपाल’नामक एनजीओ पनि पूर्वसभामुख तारानाथ रानाभाटको पालामा स्थापना भएको हो । अहिलेसम्म सिंहदरबारभित्रै अड्डा जमाएर बस्दै आएको छ । मञ्चमा पीउने पानीदेखि कार्यालयका फर्निचर, कर्मचारीसमेत संघीय संसद सचिवालयले उपलब्ध गराउदै आएकोछ । मञ्चलाई सरकारले बर्षेनि बजेट दिंदै आएकोछ । आगामी बर्षका लागि मञ्चको नाममा ७०लाख बिनीयोजन भएको मञ्चकै एक सदस्यले बताए । चालुवर्षमा ५०लाख पाएको थियो ।
‘संविधानसभा सदस्य परिषद, नेपाल’नामको एनजीओले पनि यो बर्षदेखि सरकारसंग बजेट माग्ने संयोजक पौडेलले बताए । ‘यस बर्ष सरकारसंग बजेट माग्न भ्याइएन, अर्को बर्षदेखि माग्छौ’उनले भने, ‘आशा छ पूर्वसांसद मञ्च, नेपाललाई जस्तै हामीलाई पनि बजेट उपलब्ध हुन्छ ।’ हाल परिषदको मुद्रणसम्वन्धी सबै काम संघीय संसद सचिवालयले आफ्नै खर्चमा गरिदिएको छ । विभिन्न छपाई सम्बन्धी काम, लेटरहेडदेखि सदस्यता फारम तयार गरिदिएको सचिवालय स्रोतले बतायो ।
त्यही संस्थाका एक जना सांसदले भन्छन् ‘हाम्रो संस्थाले संविधान अनुसार चल्न संसद र सरकारलाई खबरदारी गर्छ ।’ संविधानको पैरवीगर्न तथा सरकार र संसदलाई कानुन बनाउन खबरदारी गर्न परिषद गठन गरिएको हो । संविधानसभा संग्रहालय बनाउने, र विदेशीसमेत आएर नेपालको संविधानलगायतबारे अध्ययन गर्ने थलो बनाउने पनि उद्येश्य हो । सरकार र संसदको परामर्शदाताका रुपमा परिषद रहन्छ । सभामुखलाई भनेर सिंहदरबारको संसद सचिवालय भवनमै कार्यालय पाएका छौ । प्रधानमन्त्रीसित पनि कुरा गरिसकेका छौ । उहा“ सकारात्मक हुनुहुन्छ । असारमा परिषदको पूर्ण बैठकले पुन: प्रधानमन्त्रीसित औपचारिक प्रस्ताव गरेर आगामी बर्षदेखि बजेट उपलब्ध गराउन भनेका छौ ।
यसरी सरकारी खर्चमा चल्ने यस्ता एनजीओहरु गोंगो (न्इल्न्इ० अन्तरगतको एनजीओमा पर्दछन् ।

 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर