अखिल नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा केन्द्रिय समितिको आयोजनामा शुभकामना आदान प्रदान

अखिल नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा केन्द्रिय समितिको आयोजनामा शुभकामना आदान प्रदान

६ माघ बनेपा ।
अखिल नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा केन्द्रिय समितिको आयोजनामा २८५९ औ सोनाम ल्होछार ह्योई ल्हो ( बिरालो) वर्ग को उपलक्ष्यमा आयोजित राजनीतिक भेटघाट, चियापान शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।


बनेपामा अवस्थित नेपाल आदिवासी जनजाति महासंघको हलमा फुर्नाम्गेल मोक्तानको अध्यक्षताम सो कार्यक्रम गएिको हो । कार्यक्रमको संञ्चालन सुरेश तामाङ गर्नु भएको थियो भने रङ वीर दोङले स्वागत मन्तव्य राख्नुभएको थियो । मिना तामाङले अतिथिहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो । कार्यक्रमका विशेष अतिथि नेकपा (क्रान्तिकारी माओवादी) स्थाई सदस्य राम सिं श्रीस र अन्य अतिथिहरुमा पी. वी. एम तथा अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष सीता राम तामाङ, पी.वी.एम तथा अखिल नेपाल जनजाति महासंघका अध्यक्ष पवन मान श्रेष्ठले सोनाम ल्होछार नयाँ बर्षले सम्पूर्ण तामाङहरुमा राजनीतिक, आर्थिक, सामाजिक एवं सुस्वास्थ्य उत्तोत्तर प्रगतिको शुभकामना मन्तव्य राख्नु भएको थियो ।