अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले प्रदेश ५ को भेला माघ २१ मा गर्ने

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले प्रदेश ५ को भेला माघ २१ मा गर्ने

 बुटबल । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले प्रदेश ५ को भेला माघ २१ गते गर्ने निर्णय गरेको छ । महासंघको प्रदेश ५ को बुधबार बसेको बैठकले महासंघको आसन्न राष्ट्रिय सम्मेलनलाई लक्षित गरी माघ २१ गते प्रदेश भेला गर्ने निर्णय गरेको हो ।


महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना तथा प्रदेश पार्टी इन्चार्ज के बि गुरुङको विशेष उपस्थितिमा सम्पन्न सो बैठकले महासंघको राष्ट्रिय सम्मेलनका सन्दर्भमा चलिरहेको देशब्यापी अभियानलाई यस प्रदेशमा समेत अगाडि बढाउने गरि योजना निर्माण गरेको छ।

प्रदेश संयोजक राजु भुजेलको अध्यक्षतामा बसेको बैठकमा क्रान्तिकारी मजदुर आन्दोलन भित्र बिध्यमान चुनौती र नयाँ नयाँ अबसर बारे विश्लेषण गर्दै श्रम बजारमा पैदा भैरहेका नयाँ स्वरुपका मजदुरहरु र प्रबिधिले बिकास गरेको आजको युगको अध्ययन गर्दै मजदुर आन्दोलनको क्रान्तिकारी दिशा विकसित गर्न सबैले भुमिका खेल्नुपर्ने प्रश्नमा अध्यक्ष ईश्वर तिमिल्सिनाले आफ्ना धारणा राख्नु भएको थियो।