हेटाैडा । नेकपा (चाैथाे महाधिवेशन) का तत्कालीन महासचिव कमरेड भक्त बहादुर श्रेष्ठको १२ अाै स्मृति दिवस हेटौंडाकाे हेटौंडा क्लबकाे हलमा सम्पन्न भएकाे छ । भक्त बहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानकाे आयाेजनमा सम्पन्न उक्त कार्यक्रमका सभापति नेकपा क्रान्तिकारी माओवादी पाेलिटव्यूराे सदस्य तथा ३ न. प्रदेश इन्चार्ज चन्द्रहरी सुवेदी अटलले भक्त बहादुर श्रेष्ठको स्मरण गर्नु भनेकाे उहाँले अपनाएकाे वर्ग संघर्ष र सर्वहारा वर्गीय मुक्तिकाे बाटाेमा अविचलित भएर लाग्नु भएकाे बताउनु भयाे । उहाँले न्युनतम कार्यक्रमकाे रुपमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै बैज्ञानिक समाजवादकाे दिशामा अगाडि बढ्न सके मात्र कमरेड भक्त बहादुर श्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयाे।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी ) का ३ न. प्रदेश सेक्रेटरी सुरेश श्रेष्ठले विचारप्रतिकाे आस्था र वर्गप्रतिकाे निष्ठा कायम गर्न नसक्नेले भक्त बहादुर श्रेष्ठको आदर्श र विचारकाे प्रतिनिधित्व गर्न नसक्ने भन्दै उक्त राजनीतिक बाटाेमा केवल क्रान्तिकारीहरु मात्र हिडन सक्ने भएकाले आफुहरु उहाँका अधुरा लक्ष्य र उदेश्य पुरा गर्न लागि परिरहेकाे बताउनु भयाे।
कार्यक्रममा मार्क्सवादी एकता मन्चका केन्द्रीय अध्यक्ष सम्भु कट्टेल, भक्त बहादुर श्रेष्ठका भतिज गाेपाल श्रेष्ठ , नेकपा बहुमतका नयन, नेकपा मसालका रामहरि धिताल, पत्रकार प्रताप विष्ट लगायतले भक्त बहादुर श्रेष्ठका व्यक्तित्वका विभिन्न आयामहरुकाे बारेमा चर्चा परिचर्चा गर्नु भएकाे थियाे।
भक्त बहादुर श्रेष्ठका दुई छाेरीहरु प्रभा श्रेष्ठ र प्रतिभा श्रेष्ठ सहित परिवारका सदस्यहरुकाे समेत उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमकाे संचालन प्रतिष्ठानका सदस्य सचिव उमाकान्त आचार्य र स्वागत मन्तव्य नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर जिल्ला सेक्रेटरी दिनेश बर्ताैलाले प्रस्तुत गर्नु भएकाे थियाे।
स्मृति दिवसको अवसरमा २७ गते विहान गुम्वाडाँडा स्थित भक्त बहादुर श्रेष्ठको प्रतिमामा पार्टीका नेताकार्यकर्ता र परिवारजनकाे उपस्थितिमा माल्यपण समेत गरिएकाे थियाे।
२०७९ पाैष २७ हेटौंडा