काठमाडौं । पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिने सरकारी निर्णयको विरोध कार्यक्रममा पुग्नु भएका चर्चित प्रगतिवादी कवि बलराम तिमल्सिना र समाचार संकलनका लागि माइतीघर मण्डला पुग्नु भएकी क्रान्तिकारी पत्रकार महासंघकी केन्द्रीय सचिव तथा नेपाल पत्रकार महासंघ ललितपुरकी सदस्य अनु निरौलालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
आफू पत्रकार रहेको परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले लछारपछार पारी आफूलाई गिरफ्तार गरेको पत्रकार निरौलाले जानकारी दिनुभयो । पत्रकार निरौला मूलबाटो डटकम र वर्गदृष्टि साप्ताहिकमा कार्यरत हुनुहुन्छ । उहाँहरुलाई प्रहरी वृत सिंहदरबार, अनामनगरमा राखेको छ ।































