काठमाडौं । ने.क.पा (क्रान्तिकारी माओवादी) जिल्ला कार्य समिति, माेहत्तरीका सदस्य, बर्दिबास न.पा १ बरगाछिटोल स्थायी निवासी कमरेड प्रेम भुजेलका छोरा प्रकृति भुजेल गत बर्ष सवारी दुर्घटनामा परि साउदी अरवमा मृत्युभएकाे थियाे।
नेकपा (क्रान्तिकारी माओवादी) महाेत्तरीकाे आयाेजनामा पुस १९ गते बर्दिबास, बरगाछिटोल महाेत्तरीमा प्रकृति भुजेलकाे श्रद्धाञ्जली कार्यलय सम्पन्न भएकाे छ। कमरेड विशालकाे अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा ने.क.पा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल, ने.क.पा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य महेश यादव, अखिल (क्रान्तिकारी) कि केन्द्रिय उपाध्यक्ष शीलु न्याैपाने, नेकपा बहुमत केन्द्रिय सदस्य मुमाम सिहं लयायत स्थानीय नेताहरुले श्रद्धाञ्जली मन्तव्य राख्नुभएकाे थियाे । उक्त कार्यक्रममा जिल्ला नेता प्रेम भुजेलले भन्नुभयाे, “मेरा छोरा प्रकृति जस्ता हजाराै छोराछोरीले विदेशी भुमिमा ज्यान गुमाउनु परेकाे छ । युवा जनशक्तिलाई देशमा राेजगार राज्यले दिन नसकेकाे र विदेश लखेटीनु पर्ने र अकालमा नै बाकसमा फर्किनु पर्ने बाध्यता रहेकाे छ।” त्यस्तै ने.क.पा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य महेश यादवले काम गर्ने क्षमता रहुन्जेल बिदेशमा नै राख्ने र पछि बेकम्मा भएपछि स्वदेश लखाटिदिने बाध्यता खेप्नु परेकाे र सरकार बेकम्मा बनेर बसेकाे छ भन्दै देश र समाजका लागि काम गर्ने युवा आज अकालमा मृत्युकाे मुखमा धकेल्ने काम राज्यले गरेकाे बताउनु भयाे । यस्तै ने.क.पा (क्रान्तिकारी माओवादी) केस हरिकृष्ण गजुरेलले शाेकलाई शक्तिमा रुपान्तरण गर्दै प्रकृतिले बोकेका सपनाहरू पुरा गराएर परिवारका सदस्य लाग्नु पर्ने बताउनु भयाे।