काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काठमाडौं जिल्लाको अध्यक्षमा सपना राजथला निर्वाचित हुनुभएको छ । बिहीबार काठमाडौंको असनमा भएको अनेमसंघ (क्रान्तिकारी)को जिल्ला भेलाले राजथलालाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको हो ।
भेलाले जिल्लाको उपाध्यक्षमा विष्णु न्यौपाने र सुधा पाण्डे, सचिवमा मधु श्रेष्ठ र कोषाध्यक्षमा अमिरमैया रञ्जितकारलाई निर्वाचित गरेको छ ।
त्यसैगरी भेलाले जिल्ला सदस्यहरुमा अन्जना शाही, राधा देवाडी, विष्णुकुमारी पन्त, कल्पना घलान, कल्पना थापा, पम्फा श्रेष्ठ, गंगा मानन्धर, सीता पौड्याल, सन्तमाया तामाङ, असली थापामगर लगायत १७ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ ।
अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय महासचिव शारदा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलालाई महासचिव शारदा महत, प्रदेश ३ की संयोजक अनु निरौला, नेतृ कमला चन्दले भेला सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शान्ता पण्डितको अध्यक्षता र विष्णु न्यौपानेको सञ्चालनमा सम्पन्न भेलामा मधु श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । भेलाबाट निर्वाचित कमिटिलाई सल्लाहकार सुमित्रा न्यौपानेले बधाई दिनुभएको थियो । भेला लगत्तै बसेको निर्वाचित कमिटिको बैठकले शान्ता पण्डित, सुमित्रा न्यौपाने र कुमारी थामा मगरलाई जिल्ला सल्लाहकारको रुपमा चयन गरेको छ ।