काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ, केन्द्रीय संगठन समितिको संयोजकमा मजदुर नेता बालकृष्ण सिटौला चयन हुनुभएको छ ।
बुधबार महासंघको केन्द्रीय कार्यालय कुपण्डोलमा बसेको संघको बैठकले सिटौलालाई संयोजकमा चयन गर्दै संघको राष्ट्रिय भेला एक महिनाभित्र गर्ने निर्णय गरेको हो ।
उमेश लामाको अध्यक्षतामा बसेको बैठकले रुद्र राई, तोक बहादुर श्रेष्ठ, कुमारी थापा, जमालुद्दिन अन्सारी, योगेन्द्र साह, दावा लामा, मानबहादुर तामाङ, शेरबहादुर तामाङ, बिशाल शाही, रामचन्द्र शर्मा, उमेश चौधरी, रामकाजी श्रेष्ठ, अभिमन्यु साह, होम माझी सहित १७ सदस्यीय समिति चयन गरेको छ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष ईश्वर तिमिल्सिना, कार्यालय सदस्य कुमार घताने लगायतको उपस्थित रहेको बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाले मजदुर आन्दोलनको उतारचढाव चित्रण गर्नुभयो र क्रान्तिकारी मजदुर आन्दोलनको बिकास र बिस्तार गर्दै सामाजिक र अर्थ–राजनीतिक भूमिकाको केन्द्रिय भागमा मजदुरहरुले आफ्नो स्थान खोज्न अब गंभिर प्रयत्न गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । उहाँले त्यसको देशब्यापी बिमर्शका निम्ति समेत महासंघको राष्ट्रिय सम्मेलन आगामी फाल्गुन १, २ र ३ गते तय गरिसकेको जानकारी दिनुभयो । उहाँले सम्मेलन भव्य रुपमा सफल पार्न सबै घटकहरुलाई निर्देशन समेत दिनुभएको थियो ।