नेपाल किसान महासङ्घ (क्रान्तिकारी )केन्द्रीय समितिको बैठक काठमान्डौंमा सम्पन्न

नेपाल किसान महासङ्घ (क्रान्तिकारी )केन्द्रीय समितिको बैठक काठमान्डौंमा सम्पन्न

 

पौष १६ काठमान्डौ
यही पौष १४ र १५ गते अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी )केन्द्रीय समितिको बैठक काठमान्डौंमा सम्पन्न भएको छ । बैठक समितिका अध्यक्ष सीताराम तामाङको अध्यक्षता र महासचिव धनेश्बर पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

बर्तमानको राष्ट्रिय जटिल अबस्था र श्रमजीवी उत्पिडीत किसानहरुमाथिको उत्पिडनलाई मध्यनजर राखी बसेको उक्त बैठकले निम्नलिखित बुदाहरुमा महत्वपूर्ण निर्णय गरेको छ :
१–बैठकको प्रारम्भमा राष्ट्रिय मुक्ति तथा बर्गीय र जातिय मुक्ति आन्दोलनको क्रममा सहादत हुनुभएका ज्ञात अज्ञात महान शहिदहरुपर्ति एक मिनेट श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता र घाइते अपाङ्ग योद्धाहरुपर्ति सम्मान ब्यक्त गरियो ।
२–बैठकले सङ्गठन बिस्तार ,सुदृढीकरण ,सङ्गठनको अध्याबधि गर्नुका साथै सातवटै प्रदेशमा महासङ्घका आंगिक सङ्गठनहरु निर्माणको कामलाई तिब्रता दिने निर्णय गरेको छ । साथै सम्युक्त सङ्घर्षको तयारीका लागि छ दलिय सम्युक्त सङ्घर्ष समिति निर्माणमा विशेष पहल गर्ने निर्णय गरेको छ ।
३–सङ्घर्षमा ६ दलीय किसान मोर्चाको आह्वानमा हुन गैरहेको किसान आन्दोलनलाई बृहत् तयारीका साथ अगाडी बढाउने । हाल बाँके/बर्दियाका किसानहरूले सुरु गरेको मिटरब्याज र बित्तिय सस्थाहरुबाट भैरहेको ज्यादतीका बिरुद्धको किसान आन्दोलनप्रति नैतिक समर्थन तथा ऐक्यबद्दता जनाउने निर्णय गरेको छ ।
४ त्यसका साथै बैचारिक ,साङ्गठनिक ,आर्थिक,प्रकासन लगायत महत्वपूर्ण निर्णयहरु गरेको छ ।