दमौली ।
आज पौष ११ गते मंगलबार २६ डिसेम्बर २०२२ का दिन तनहुँ जिल्लामा कार्यरत क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) को संयुक्त आयोजनामा “१३० औं माओ दिवस” तनहुँ जिल्लाको दमौलीमा भव्यरुपमा सम्पन्न भएको छ ।
नेकपा (बहुमत) का तनहुँ जिल्ला सेक्रेटरी कमरेड नेत्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वक्ता नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य एवंम तनहुँ जिल्ला इन्चार्ज कमरेड दिनेश, विषेश अतिथि वक्ताहरुमा नेकपा (बहुमत) का केन्द्रिय सदस्य एवंम तनहुँ जिल्ला इन्चार्ज कमरेड सजन, नेकपा (मशाल) का गण्डकी ब्यूरो सदस्य कमरेड पुष्पलाल श्रेष्ठ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका ४ नम्बर प्रदेश अध्यक्ष कमरेड नेत्र वहादुर रानाभाट, नेकपा (बहुमत) सम्बद्ध युवा मोर्चाका तनहुँ जिल्ला संयोजक लगायतका वक्ताहरुले कमरेड माओको जीवनी र उहाँको योगदानको बारेमा आफ्ना विचारहरु राख्ने काम गरेका थिए । नेकपा (मशाल) का तनहुँ जिल्ला सदस्य कमरेड धनवहादुर परियारले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का तनहुँ जिल्ला सेक्रेटरी कमरेड नविनले गर्नु भएका