क्रान्तिकारी माओवादी, बहुमत र मशालले देशैभर माओत्से तुङलाई सम्झिए

क्रान्तिकारी माओवादी, बहुमत र मशालले देशैभर माओत्से तुङलाई सम्झिए

रवि पाण्डे, राजु भुजेल र ईश्वरीप्रसाद गैरे
१२ पुस/काठमाडौं
नवलपरासी – मुलबाटाे सम्वाददाता रवि पाण्डेका अनुसार पश्चिम नवलपरासी सहित देशैभर संयुक्त रूपमा १३० औँ माओ दिवस मनाइएको छ । सोमवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा माओत्से तुङको स्मरणमा दिवस बनाएका हुन् ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले विश्व कम्युनिष्ट आन्दोलनमा माओत्सेतुङको योगदान बारे चर्चा गर्दै क्रान्तिकारी धुब्रीकरणको आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा अर्का बक्ता नेकपा(बहुमत) महाधिबेशन आयोजक समितिका सदस्य तथा जिल्ल्ला ईञ्चार्ज शितलले नेपाली कम्युनिष्ट आन्दोलनले माओत्से तुङको जीवनबाट धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले माओले राष्ट्रिय स्वाधीनताको पक्षमा र साम्राज्यवादको बिरुद्ध गरेको संर्घषबाट देशभक्त नेपालीहरुले सिक्नुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम जेष्ठ सदस्य गुणनीधि पोखरेलको अध्यक्षता नेकपा बहुमतका गणेश बहादुर क्षेत्रीको संचालनमा भएको थियो ।
माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुनुहुन्थो । उहाँले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हाल्नुभएको थियो । माक्र्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उहाँको सिद्धान्तलाई माओवादको नामले संसारभर चिनिन्छ ।
रुपन्देही – यसैगरी सम्वाददाता राजु भुजेलले पठाएको समाचार अनुसार १३०औं माओ दिवस बुटवलमा पनि सम्पन्न भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) रुपन्देही जिल्लाको आयोजनामा माओ जयन्ती शानदाररुपमा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम द्वय क. के. बी. गुरुङ र क. प्रेम सुवेदी, नेकपा (मशाल) का केन्द्रीय प्रतिनिधि क. विमल सर्मा, नेकपा (बहुमत) का के स क. प्रबेस र् मार्क्सवादी विचार मंचका
सचीव क. बिन बहादुर कवरले माओका सिद्धान्तहरु र योगदानहरुलाई क्रान्तिकारी कम्युनिस्टहरुले व्यहबारमा लागू गर्नु आजको आवश्यकता रहेको विचार रख्नु भएको थियोे ।
कार्यक्रम नेकपा ( क्रान्तिकारी माओवादी) का लुम्बिनी प्रदेश सदस्य क. लक्ष्मीकान्त पौडेलको अध्यक्षता, नेकपा ( बहुमत) का क. संजिवको स्वागत र नेकपा (मशाल ) का क. दिपक पौडेलको संचालनमा भएको थियो ।
दाङ – उता दाङबाट हाम्रा सम्वाददाता ईश्वरीप्रसाद गैरेले पठाएको समाचार अनुसार दाङमा पनि माअाे दिवस भव्य रुपमा मनाइएको छ । घाेराही ट्राफिक चाेकबाट अायाेजक पार्टीका नेता कार्यकर्ताहरुकाेे विशाल जुलुसले नगर परिक्रमा गरेपछि अाेमशाही हलमा प्रवचन कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रमलाई नेकपा क्रान्तिकारी माअाेवादीका केस समीर केसी, मशालका केस शशिधर भण्डारी, बहुमतका केस तिलक पुनले माअाेका याेगदानहरुकाे चर्चा गर्दै नेपाली कम्युनिस्ट अान्दोलनमा त्यसको सान्दर्भिकताबारे बताउनुभएको थियो ।
कार्यक्रमकाे सञ्चालन बहुमतका मनाेजले गर्नुभएको थियो भने अध्यक्षता क्रान्तिकारीका रामजी चाैधरीले गर्नुभएको थियो । त्यसैगरी स्वागत मशालका रेशम विसिले गर्नुभएको थियो ।
यसैगरी प्राप्त समाचार अनुसार प्युठान, सुर्खेत, धनगढी, कञ्चनपुर, नेपालगन्जमा पनि माअाे दिवस मनाइएको छ ।