क्रान्तिकारी ट्रेड युनियन महासंघ काठमाडौंकाे दाेस्राे जिल्ला सम्मेलन सम्पन्न (फाेटाेफिचर)

क्रान्तिकारी ट्रेड युनियन महासंघ काठमाडौंकाे दाेस्राे जिल्ला सम्मेलन सम्पन्न (फाेटाेफिचर)

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । नेकपा (क्रान्तिकारी माओवादी)का पिबिएम अटलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे सम्मेलनले बेधराज दियाली अध्यक्ष रहेकाे १९ सदस्यीय जिल्ला महासंघकाे कार्यसमिति निर्वाचित गरेकाे छ । जिल्ला महासंघकाे उपाध्यक्षमा दावा छिरिङ, कुमारी थापा, सचिवमा निमा तामाङ र काेषाध्यक्षमा अमृत पोर्तेल निर्वाचित हुनुभएकाे छ ।
सम्मेलनमा महासंघका केन्द्रीय अध्यक्ष ईश्वर तिमल्सिना , महासचिव वसन्त बाेगटी, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्यहरु सरु, पुष्कर, प्रकाश, नेताहरु ढोग प्र.अधिकारी, बन्धुदेव पाण्डे, प्रभात भट्टराई , कुमार घताने, देबि गौली लगायतका अतिथिहरुले सम्मेलन सफलताकाे शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
बेदराज दियालीकाे अध्यक्षतामा सम्पन्न सम्मेलनकाे सञ्चालन अमृत पोर्तेलले गर्नुभएकाे थियाे । सम्मेलनमा स्वागत मन्तव्य बैकुण्ठ घिमिरेले राख्नु भएकाे थियाे ।