काठमाडांै । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)ले संयुक्त रुपमा यसपटकको १३० औं माओ दिवस संयुक्त रुपमा मनाउँदै छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा पौष ११ गते (सोमबार) दिनको १२ बजे संयुक्त रुपमा १३० औँ माओ दिवस मनाउने तयारी गरिएको हो ।

नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य सीपी गजुरेलले दिनु भएको जानकारीअनुसार तीनै वटा पार्टीले काठमाडौँको नाचघरमा सभाका साथै देशभर विभिन्न सिर्जनात्मक कार्यक्रमका साथ संयुक्त रूपमा माओ दिवस मनाउने निर्णय गरिएको छ ।

हार्दिक शुभकामना !

यसरी केन्द्रीय स्तरमा गोष्ठी र सभासहित १३० औँ माओ दिवस मनाउनका लागि नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, र नेकपा (मशाल)का नेता चिन्तामणि पौडेलको नेतृत्व रहेको १३० औँ माओ दिवस आयोजक समिति गठन गरिएको छ ।

प्राप्त समाचार अनुसार तीनैवटा पार्टीले केन्द्रीय स्तरमा काठमाडौँमा र स्थानीय स्तरमा देशैभर माओका योगदान, माओवादको अपरिहार्यता, वैज्ञानिक समाजवाद र माओवादलगायत विविध विषयमा गोष्ठी, छलफल, अन्तरक्रियालगायत सिर्जनात्मक कार्यक्रम आयोजना गरिनेछ ।
विश्व सर्वहारा वर्गका महान नेता कमरेड माओको २६ डिसेम्बर १८९३ मा जन्म भएको थियो । माओको जन्मदिनमा संसारभरका मालेमावादीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्दछन् । नेपालका तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले संयुक्त रुपमा नेपालमा पनि १३० औँ माओ दिवस भव्य रुपमा मनाउने तयारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार