पौष ९ इटहरी ।
अखिल(क्रान्तिकारी) १ नम्वर प्रदेश संयोजन समिति भेला सुनसरीको इटहरीमा बस्यो । उक्त भेला अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो भने, अतिथिहरुमा ने.क.पा (क्रान्तिकारी माओवादी) का १ नं.प्रदेश सेक्रेटरी सिताराम बुढाथोकि,अखिल(क्रान्तिकारी) उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेशल दाहाल, ने.क.पा (क्रान्तिकारी माओवादी)केन्द्रिय सदस्य डिल्लिराम बोहरा,,बिमल निरौला लगायत नेताहरुको आतिथ्यता रह्को थियो ।
विधार्थी नेतृ अमृता राइले शुभकामना मन्तव्य राख्नु भयो । अखिल(क्रान्तिकारी)का महासचिव पेशल दाहालले मन्तव्यको क्रममा विधार्थीहरु प्रविधिक,जनबादी शिक्षा संगठित हुनु पर्ने बताउु भयो भने अखिल(क्रान्तिकारी) कि उपाध्यक्ष शिलु न्यौपानेले शिक्षामा भएको माफियाकरण,व्यावसायकरण र नीजिकरणको अन्तत्यको लागि विधार्थीहरु संगठित भएर प्रत्यक स्कुल क्याम्पस अखिल(क्रान्तिकारी)को लाल किल्ला बनाउन कसिएर लागरनु पर्ने बताउनु भयो ।
यस्तै गरी ने.क.पा (क्रान्तिकारी माओवादी) १ नं. प्रदेश सेक्रेटरी सिताराम बुढाथोकीले विधार्थीहरुको संगठन र संधर्ष संचालनलाइ पार्टी १ नं. प्रदेशले हमेसा साथ र सहयोग प्रदान गर्ने बताउनु भयो । यस्तै अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष तथा प्रदेश भेला कार्यक्रमका प्रमुख अतिथिले अखिल(क्रान्तिकारी) लाई संधर्ष,संगठन,विधार्थीहरुका तमाम समस्यलाइ हल गरेर अखिल(क्रान्तिकारी) लाइ सडक बाघको रुपमा स्थापित गराउन सबै नेता कार्यकर्ताहरु गंभिर बनेर लाग्नु पर्ने बताउनु भयो ।
यस्तै गरि ने.क.पा (क्रान्तिकारी माओवादी)का सुनसरी इन्चार्जले अखिल(क्रान्तिकारी)का विधार्थी हर कुरामा अव्वल बन्नुपर्ने बताउदै प्रदेश संयोजन समितिको नाम प्रस्ताव गर्नु भयो । अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल तथा कार्यक्रमका प्रमुख अतिथिले भेलामा उपस्थित विधार्थी नेताहरुलाई अखिल(क्रान्तिकारी)को विधान अनुसार सपथग्रहण गराउनु भयो । निर्वाचित भेला संयोजन समितिका साथीहरुलाइ धाइते अपांग संधका प्रदेश संयोजक सुजाता बनले विधार्थीहरु अनुशासित भएर स्पातिलो संगठन निर्माण गर्नु पर्ने शुभकामना दिनुभयो । यस्तै झापा जिल्ला इन्चार्जले विधार्थीहरु सम्झँदार,विवेकवान र संधर्षशिल बन्नु पर्ने शुभकामना दिनु भयो । अखिल(क्रान्तिकारी) १ नं.प्रदेश भेला संयोजन समिति निर्माण गर्दै १ महिना भित्र बृहत तरिकाले भेला सम्पन्न गर्ने अखिल(क्रान्तिकारी) कि उपाध्यक्ष शिलु न्यौपानेले बताउनु भयो ।