अन्तर–पार्टी एकता सम्बन्धी द्वन्द्वात्मक तरिका

अन्तर–पार्टी एकता सम्बन्धी द्वन्द्वात्मक तरिका

अन्तर पार्टी एकताको प्रश्न सम्बन्धी द्वन्द्वात्मक तरिकाबारे म केही कुरा भन्न चाहन्छु । मेरो विचारमा, उ शत्रु तत्व वा अन्तध्र्वंशकारी होइन भने हरेक कमरेडप्रतिको हाम्रो प्रवृत्ति एकताको प्रवृत्ति हुनुपर्छ, चाहे उ जोसुकै किन नहोस् । हामीले उसप्रति अधिभूतवादी तरिका नअँगाली द्वन्द्वात्मक तरिका अँगाल्नु पर्छ । द्वन्द्वात्मक तरिका भनेको के हो ? हरेक कुरालाई विश्लेषणात्मक दृष्टिले हेर्नु, सबै मानिसले गल्ती गर्छन भन्ने कुरा स्वीकार गर्नु र गल्ती ग¥यो भन्दैमा मानिसलाई पूर्ण रुपले नकार्ने काम नगर्नु नै द्वन्द्वात्मक तरिका हो । गल्ती नगर्ने मानिस यस संसारमा एक जना पनि हुँदैन भनेर लेनिनले एक पटक भन्नु भएको थियो । हरेक मानिसलाई सहारा चाहिन्छ । समर्थवान मानिसलाई अरु तीनजनाको मद्दत चाहिन्छ, बारलाई तीनवटा घोचाको सहारा चाहिन्छ । आफुमा त्यतिको सौन्दर्य भएर पनि कमलको फुललाई विलक्षण देखिन हरियो पातहरु चाहिन्छ । यी चिनियाँ उखानहरु हुन । अझ अर्काे चिनियाँ उखान के भने तीन जना सार्कीको बुद्धिमत्तालाई एकसाथ मिलाएपछि त्यो बुद्धिमत्ता विश्वकर्मा चुके ल्याङको सरह हुन्छ । चुके ल्याङ एक्लै कदापि परिपूर्ण हुन सक्दैन, उसका पनि आफ्नै सीमाहरु छन् । हाम्रा बा¥ह देशाको यो घोषणापत्रलाई नै हेरौं न । हामीले यसको पहिलो, दोश्रो, तेश्रो र चौथो मस्यौदा तयार गरिसक्यौं तैपनि यसको अन्तिम परिष्कार हुन बाँकी नै छ । कसैले पनि आफु ईश्वर झैं सर्वज्ञ र सर्वसक्तिमान भएको दाबी गर्नु अहंकारपूर्ण कुरा हो भन्ने मलाई लाग्छ । उसोभए गल्ती गरेको कमरेडप्रति हामीले कस्तो प्रवृत्ति अँगाल्नु पर्ने हो त ? हामीले विश्लेषणात्मक दृष्टिकोण लिई द्वन्द्वात्मक तरिका अँगाल्नु पर्छ, अधिभूतवादी तरिका होइन । एक पटक हाम्रो पार्टी अधिभूतवादी, जडशुत्रवादको भड्खारोमा जाकिन पुग्यो, जसले आफु मन नपर्ने जति सबैलाई पुरापुर ध्वस्त पा¥यो । पछि गएर हामीले जडसुत्रवादलाई परित्याग ग¥यौं र अलि बढी द्वन्द्ववाद सिक्यौं । विपरित तत्वहरुको एकता द्वन्द्ववादको मूलभूत धारणा हो । यस धारणा अनुसार गल्ती गरेको कमरेडलाई हामीले के गर्ने हो त ? पहिलो कुरा, उसलाई गलत विचारहरुबाट मुक्त गर्नेको लागि हामीले उसँग संघर्ष गर्नुपर्छ । दोश्रो कुरा हामीले उसलाई मद्दत पनि गर्नुपर्छ । पहिलो कुरा – संघर्ष, दोश्रो कुरा – मद्दत । उसका गल्ती सच्याउने असल मनसायका साथ हामीले अघि बढ्नु पर्छ जसले गर्दा उसले बाटो पाउन सकोस् ।

तर अर्काे प्रकारको मानिसहरुसँग व्यहार गर्ने भने गा¥हो छ । ट्रटस्की जस्ता र चीनका छन तु–स्यू, चाङ क्व–ताओ र काओ काङ जस्ता मानिसहरुप्रति सहयोगपूर्ण प्रवृत्ति अँगाल्न असम्भव थियो किनभने उनीहरु सच्याउनै नसकिने खालका थिए । अनि हिटरलर, च्याङ काई–शेक र जार जस्ता मानिसहरु थिए र उनीहरु पनि सच्याउने नसकिने खालका थिए र उनीहरुको तख्ता पल्टाइदिनै प¥यो किनभने हामी र उनीहरु बीचको सम्बन्ध एकदमै परस्पर निषेधकारी थियो । यस अर्थमा उनीहरुको स्वभावको एउटा मात्र पक्ष छ, दुईवटा होइन । अन्तिम विश्लेषणमा, साम्राज्यवादी र पुँजीवादी प्रणालीहरुका हकमा पनि यही कुरा साँचो हो, जुन प्रणालीहरुलाई अन्ततः समाजवादी प्रणालीद्वारा विस्थापित गर्नु अनिवार्य छ । विचारधाराको क्षेत्रमा पनि यही कुरा लागु हुन्छ – आदर्शवादलाई भौतिकवादद्वारा र अस्तित्ववादलाई नास्तिकवादद्वारा विस्थापित गरिने छ । यहाँ हामी रणनीतिक उद्देश्यबारे कुरा गरिरहेका छौं । तर कार्यनीतिक चरणहरुको हकमा चाँही कुरा फरक हुन्छ, जहाँ सम्झौताहरु गर्न सकिनेछ । कोरियामा ३८ औं समानान्तरमा हामीले अमेरिकाहरुसँग सम्झौता गरेनौं र ? भियतनाममा फ्रान्सेलीहरुसँग सम्झौता भएन र ?
प्रत्येक कार्यनीतिक चरणमा सम्झौताहरु तथा संघर्षहरु गर्न सिपालु हुनु जुरुरी छ ।

अब हामी कमरेडहरुसँगको सम्बन्धतिर फर्काैं । कमरेडहरुका वीचमा कुनै असमझदारी हुन जाँदा वार्ता गरिउन् भनी म सुझाव राख्छु । कतिपय मानिसहरुले कस्तो सोचाई राखे जस्तो लाग्छ भने कम्युनिष्ट पार्टीमा भित्रिसकेपछि सबै मानिस मतभिन्नता वा असमझदारीहरु केही नभएका सन्त बन्दछन्, अनि पार्टीको विश्लेषण गरिरहन पर्दैन अर्थात पार्टी एकमना र एकरुप खालको हुन्छ, तसर्थ वार्ता गर्नु जरुरी हुँदैन । यस्तो लाग्छ, मानौं पार्टीमा भित्रिएपछि मानिसहरुले शत प्रतिशत माक्र्सवादी बन्नु पर्दछ । वास्तवमा मानिसहरु विभिन्न मात्रामा माक्र्सवादी हुने गर्छन । कोही १०० प्रतिशत, कोही ९०, ८०, ७०, ६० वा ५० प्रतिशत माक्र्सवादी हुन्छन् भने कोही चाँही १० वा २० प्रतिशत मात्र माक्र्सवादी हुन्छन् । के एउटा सानो कोठामा बसेर हामी मध्येका दुई–तीनजना मानिसको कुराकानी हुन सक्दैन र ? के हामी एकता गर्ने इच्छाबाट शुरु गरी एकअर्कालाई मद्दत गर्ने भावनासाथ कुराकानी गर्नै सक्दैनौ र ? यहाँ म निश्चय नै कम्युनिष्ट पंक्तिहरुभित्रै वार्ता गर्नेबारे कुरा गरिरहेका छु, साम्राज्यवादीहरुसँग वार्ता गर्ने विषयमा कुरा गरिरहेको छैन । यद्यपि साम्राज्यवादीहरुसँग पनि हामी वार्ता गर्ने छौं । म एउटा उदाहरण दिउँ । के हाम्रा बा¥ह देशहरु वर्तमान समस्याबारे वार्ता गरिरहेका छैनन् र ? के ६ वटाभन्दा बढी पार्टीहरुले पनि वार्ता गरिरहेका छैनन् र ? वास्तवमा तिनीहरु वार्ता गरिरहेका छन् । अर्काे शब्दमा भन्ने हो भने माक्र्सवाद–लेनिनवादको सिद्धान्तमा कुनै पनि हानीनोक्सानी नपुग्ने भएमा हामी अरु मानिसहरुका कतिपय स्वीकारयोग्य विचारहरुलाई स्वीकार गर्दछांै र त्याग्न मिल्ने खालका हाम्रा आफ्नै कतिपय विचारहरुलाई त्यागिदिन्छौं । यसप्रकार गल्ती गर्ने कमरेडसँग व्यवहार गर्नलाई हाम्रासाथमा दुईवटा हात छन्, एउटा हात । अर्काे हात चाँही उसँग एकताबद्ध हुनु हो । एकताको उद्देश्य चाँही उसलाई बाटो दिने हो, उसँग सम्झौता गर्नु हो, जसको अर्थ लचिलो हुनु हो । सिद्धान्त र लचिलोपनको एकता एक माक्र्सवादी सिद्धान्त हो, र यो विपरित तत्वहरुको एकता हो ।

कुनै पनि प्रकारको संसार र खास गरेर वर्ग समाज, अन्तर्विरोधहरुले भरिपूर्ण हुन्छ । केही मानिसहरु समाजवादी समाजमा अन्तर्विरोधहरु “फेला पर्दछन्” भनेर भन्छन तर यो समस्यालाई अघि सार्ने गलत तरिका हो भन्ने मलाई लाग्छ । गाँठी कुरो त अन्तर्विरोधहरु फेला पर्दछन् भन्ने होइन, कुरो के हो भने समाजवाद अन्तर्विरोधहरुले भरिपूर्ण हुन्छ । अन्तर्विरोधहरु नभएको कुनै ठाउँ नै हुँदन, न त विश्लेषण गर्न नमिल्ने कुनै मानिस नै हुन्छ । कसैको विश्लेषण गर्न मिल्दैन भन्नुको अर्थ अधिभूतवादी बन्नु हो । हेर्नुुस्, परमाणु (एटम) भनेको विपरित तत्वहरुको एकताको जटिलता हो । यसमा न्युक्लियस र इलेक्ट्रोन भन्ने दुई विपरित तत्वहरुको एकता हुन्छ । फेरी न्युक्लियसमा चाँही प्रोटोन र न्युट्रोन भन्नु विपरित तत्वहरुमा एकता हुन्छ । प्रोटोनबारे कुरा गर्ने हो भने यसमा प्रोटोन र विरोधी प्रोटोन हुन्छन अनि न्युट्रोनबारे कुरा गर्ने हो भने यसमा न्युट्रोन र विरोधी न्युट्रोन हुन्छन् । छोटकरीमा, विपरित तत्वहरुको एकता सर्वत्र विद्यमान हुन्छ ।

विपरित तत्वहरुको एकताको धारणालाई अर्थात द्वन्द्ववादलाई ब्यापक रुपमा प्रचार गर्नै पर्छ । म त के भन्छु भने द्वन्द्ववादलाई दार्शनिकहरुको साँघुरो घेराबाट ब्यापक जनसमुदायहरुतिर सार्नु पर्दछ । यस प्रश्नबारे विभिन्न पार्टीहरुका राजनीतिक परिषद्का बैठकहरुमा पूर्ण अधिवेशनहरुमा र साथसाथै उक्त पार्टीहरुका राजनीतिक परिषदका बैठकहरुमा पूर्ण अधिवेशनहरुमा र साथसाथै उक्त पार्टीहरुका विभिन्न तहका पार्टी समितिहरुका बैठकहरुमा छलफल गरियोस भन्ने मेरो सुझाव छ । साँच्चै भन्ने हो भने हाम्रा पार्टी शाखाका सचिवहरुले द्वन्द्ववाद बुझेका छन्, करण शाखाका बैठकहरुका निमित्त प्रतिवेदनहरु तयार पार्दा उनीहरुले प्रायः आफ्ना नोट बुकमा दुईवटा कुरा टिपोट गर्ने गर्छन – पहिलो कुरा, उपलब्धीहरु र दोश्रो कुरा, कमजोरीहरु । एक दुईमा विभाजित हुन्छ – यो विश्वव्यापक घटना – प्रवाह हो, र द्वन्द्ववाद भनेको यही हो ।
कम्युष्टि र श्रमिक पार्टीहरुका प्रतिनिधिहरुको बैठकमा दिनुभएको भाषणहरुको अंश (सन् १९५७, १८ नोभेम्वर)