अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)द्वारा श्रद्धाञ्जली व्यक्त

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)द्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रिय समिति उपाध्यक्ष एवम १ नम्वर प्रदेश समिति संयाेजक साथै ने.क.पा.(क्रान्तिकारी माओवादी) पुर्व के.स.स. अम्बिका रेग्मी की ममतामयी आमा गायत्रीदेवी रेग्मीकाे निधनप्रति गहिराे दुःख व्यक्त गर्दै संगठनले श्रद्धाञ्जली व्यक्त गरेकाे छ । संगठनका अध्यक्ष अम्बिका मुडभरी र महासचिव शारदा महतले एक शाेक वक्तव्य जारी गर्दै दिवंगत आमा गायत्रीदेवी रेग्मीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएकाे हाे ।
शाेक वक्तव्यमा अम्विका रेग्मीलगायत शाेक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएकाे छ ।
उदयपुर त्रियुगा नपा -१३ निवासी रेग्मीकाे प्राणघातक राेग क्यान्सरका कारण २०७९/०८/२२ गते निजि निवासै निधन भएकाे थियाे ।