देश धरापमा छ

देश धरापमा छ

एमालेले एउटा प्रचार गरिरहेको छ- केपिबाले बिरोध गर्नासाथ भारत खुट्टा कमाउँदै महाकालीबाट पछि हट्यो । यस्तैयस्तै प्रचारको प्रभावमा परेर मोरामोरिहरु बाका मोहित छोराछोरी भएका छन् ।
पुष्पकमलमा नैतिकताको नामोनिशाना छैन । उनको जस्तो हैसियत त विदेशीले पत्याएको मामुली मान्छेको पनि हुँदोरहेछ भन्ने कुरा घण्टी बजेर दुनियाँलाई सिकाईसक्यो । संसदीय व्यवस्था भित्र अब उनी रहनु र नहुनुको कुनै अर्थ छैन भन्ने घटनाक्रमले देखाईसक्यो । अझ पनि उनी नैतिकताको आधारमा राजीनामा दिने मनस्थितिमा छैनन् ।
माकुनेहरुको त नेपाली राजनीतिमा अब कुनै अौचित्य रहने छैन, एउटा राष्ट्रिय पार्टी बनाउन नसक्ने अवस्थामा पतन भएका उनले नैतिकता देखाए पनि नदेखाए पनि कुनै अर्थ राख्दैन ।
कांग्रेस कुनै दल हैन, यो त गुटगत स्वार्थमा लिप्त वा अराजकहरुको भीड हो जसले राष्ट्रिय स्वाधिनतालाई कौडीको भाउमा बेचेर देशलाई सँधै घात गरिरहेको छ । यो खाँटी दलाल पार्टी हो, श्रमिक जनतालाई समेत धरौटी राखेर उनीहरु तिनैका पसिना, रगत र आँसु पिएर खानुलाई अधिकार ठान्दछन् ।
समाजलाई उल्टो दिशातिर लैजाने सामन्तवाद जस्तो पिछडिएका चेतना व्यापक रुपमा फैलाईएको छ । मसानघाटबाट प्रेत उठेर आएको मिथक झैं संसदमा राप्रपा पुगिसकेको छ । यिनका नैतिकता भनेको शोषक, सामन्तको सेवा हो र अन्धविश्वासको अन्धकार फैलाउनु हो किनकि राप्रपा भन्नेहरु निशाचर हुन् ।
राजनीतिको ज्ञान र अभ्यास नभएकाहरु उत्पादन गर्ने र सत्तामा पुर्याउने साम्राज्यवादको पोलिसी अनुसार नेपाली संस्करणका गुआईडो, जेलेन्स्कीहरु यहाँ उत्पादन गरिएका छन् । उनीहरुबाट हाम्रो देश जोगिने सम्भावना नै हुन्न । राजनीति अति जोखिमयुक्त कार्य हो जुन निक्कै लामो अभ्यासबाट मात्र सम्भव हुन्छ । रवी र गगनहरु यसकै लागि उत्पादन गरिएका हुन् । उनीहरु जोखिमपूर्ण खेलका लागि प्रयोगमा ल्याईदिने छन् ताकि अरु शक्तिहरुले चुनौति दिन नसकून् ।
नैतिकता नभएका नेतृत्वहरु र सिद्धान्तलाई तिलाञ्जली दिने अवशरवादीबाट देश र जनताको हित र रक्षा हुनसक्ने अवस्था छैन । यसको विकल्प भनेको अब पुनः क्रान्तिकाे अाँधिबेहरी सिर्जना गर्नु नै हाे । परन्तु त्यसका लागि क्रान्तिकारी शक्ति निकै कमजोर अवस्थामा छ ।