काठमाडौं । राष्ट्रिय स्वाधीनता, जनगणतन्त्र र जनजीविकाका मुद्दालाई लिएर विगत लामाे समयदेखि संघर्ष गर्दै आएकाे नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतीय ज्यादतिका विरुद्ध विराेध प्रदर्शन गर्ने निर्णय गरेकाे छ । बिहीबार ललितपुर कुपोन्डोल कार्यालयमा पार्टीको प्रदेश ३ काे बैठकले महाकाली क्षेत्र लगायत भारतीय विस्तारवादले गरेकाे सिमा अतिक्रमण र ज्यादतिका विरुद्ध विराेध प्रदर्शन गर्ने निर्णय गरेकाे हाे ।
नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश ३ काे आयाेजनामा आइतबतर (मंसिर २५ गते) रत्नपार्क शान्तिबाटिकामा विराेध प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीकाे प्रदेश कार्यालयले जानकारी दिएकाे छ ।
क्रान्तिकारी माओवादीले लिम्पियाधुरा-कालापानी-लिपुलेक लगायत अतिक्रमण गरिएका सम्पुर्ण नेपाली भुमि फिर्ता गर्नुपर्ने, सन् पचास लगायत भारतसँग गरिएका सम्पुर्ण असमान सन्धि सम्झाैताहरु खारेज गर्नुपर्ने, राष्ट्रघाती एमसीसी सम्झाैता खारेज गर्नुपर्ने, परस्पर राष्ट्रियहितमा आधारित भएर विदेश नीति सञ्चालन गर्नुपर्ने लगायतका मागहरु राखेर राष्ट्रिय स्वाधीनताकाे आन्दाेलन गर्दै आएकाे छ ।
क्रान्तिकारी माओवादीले अहिलेकाे माैजुदा दलाल संसदीय व्यवस्थाबाट देशकाे स्वाधीनता, भाैगाेलिक अखण्डता, सार्वभाैमिकताकाे रक्षा नहुने भन्दै नयाँ जनवादी राज्य व्यवस्थामा आधारित संघीय जनगणतन्त्रात्मक व्यवस्थाले मात्र स्वाधीनताकाे रक्षा गर्न सक्ने भन्दै संघीय जनगणतन्त्रलाई अबकाे वैकल्पिक, अग्रगामी र क्रान्तिकारी राजनीतिक मुद्दाकाे रुपमा जाेडदार वकालत गर्दै आएकाे छ ।