अमेरिका न्युक्लियर वार चाहन्छ । युक्रेन न्युक्लियर वार चाहन्छ । अमेरिका पुरै युरोपमा उसको बर्चश्व कायम गरिराख्न चाहन्छ । ऊ रुस र चीनसँगको आर्थिक तथा सैनिक प्रतिष्पर्धाबाट तर्सिएको छ । तसर्थ उसले दुनियाँ बर्बाद गर्न चाहन्छ । यस्तो अवस्थामा अब रुसले संयम गुमाउनु स्वाभाविक छ । जसको परिणाम प्रलयकाे सङ्केत देखिँदैछ । यतिबेला युक्रेन युद्धमा जलिरहेको छ । जेलेन्स्कि नाटोसँग हतियार र पैसा मागिरहेको छ र उस्कै सेटिङमा हतियार तस्करी गरेर अपराधी समुहमा पुर्याउने काम भैरहेको समाचार आईरहेको छ । अमेरिका गवन र भ्रष्टाचार बारे बोल्दैन । बाइडेन प्रशासन पनि त्यस्ता अपराधिक समुहहरुको भरथेग गर्न चाहन्छ भन्ने बुझ्न गाह्रो छैन ।
नेपालमा मध्यमवर्ग राष्ट्रियताको कुरा गरिरहेको छ । तर अमेरिका नेपालका भोका नाङ्गा जनतासँग डराउँछ । जब जब उनीहरु राजनैतिक अन्दोलनको पछाडि उभिएका छन् परिवर्तन भएको छ । एमसिसि बिरोधि आन्दोलन पीँधमा नपुगि हरायो र अमेरिकालाई राहत भयो । संसदीय पार्टीहरु भोटबैङ्क जोगाइराख्न चाहन्छन् । तर अमेरिकाको माइक्रोम्यानेज्मेन्ट यस्तो चाहँदैन। चुनाबको सिजन सकिएपछि यही आधारभूत वर्गमाथि आक्रमण सुरु भएको छ । सायद अमेरिका नेपालमा बढ्दो बाम जनमत बिरुद्ध आक्रमणको तानाबाना बनाउँदैछ र यो एउटा परीक्षण हो, बाग्मती किनारमा भएको अमानवीय आक्रमण। देउवा नरम हुन सक्छन्, वलीको बोलि फेरिन सक्छ र प्रचण्डले फेरि चिसो पानीले नुहाउने छन् । तर अफगानिस्तान सिरिया युक्रेन हेरेर बुझ्नुपर्दछ, ताइवान जलाएर चीनलाई कमजोर बनाउने रणनीतिमा नेपाल पनि युक्रेन बन्नसक्छ ।
अझ बुझ्न पर्छ, इन्डोनेशिया चीलि र पेरुका अमेरिकी नरसंहार जहाँ आत्मसमर्पण गर्ने सर्वसाधारणलाई पनि मतदानको खुफिया रिपोर्टको आधारमा कत्लेयाम गरियो । प्रतिवाद र प्रतिरोध बाहेक कुनै त्यस्तो उपाय छैन जसले साम्राज्यवादी अपराधबाट जोगावस । चीन भियतनाम र कोरिया क्युबाहरुको अस्तित्व प्रतिरोधकै बलमा टिकेको छ, निकारागुवा भेनेजुएलाहरु यही गरिरहेका छन् ।
खबरदार नेपाली जेलेनस्कि बन्ने साहस कसैले पनि गर्न नपावस् नसकोस् ।