विश्वकप २०२२
मंसिर २०, २०७९
दोहा — पोर्चुगल र स्विट्जरल्यान्ड मंगलबार विश्वकप २०२२ को अन्तिम १६ मा भिड्दै छन् । यो दुवैका लागि अन्तिम क्वाटरफाइनलमा स्थान बनाउने अवसर हुनेछ । पोर्चुगल लिग चरणको अन्तिम खेलमा पराजित रहे पनि नकआउट चरण पुग्न सफल रहेको थियो ।
त्यस खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित थियो । पोर्चुगल यसैक्रममा चौथो ठूलो प्रतियोगितामा लगातार समूह चरण काट्न सफल रहेको हो ।
स्विट्जरल्यान्डको नकआउट चरण यात्रा भने केही कठिन छ । उसले शुक्रबार राति मात्र सर्बियालाई हराएको थियो, त्यो पनि गोलले पछाडि रहेको स्थितिबाट । पोर्चुगल आफैंलाई भने क्रिस्टियानो रोनाल्डोको जादुयी खेल आवश्यक पर्नेछ ।