मतदाताहरुलाई मतदान बहिस्कार गर्न क्रान्तिकारी माओवादी गण्डकी प्रदेशकाे अपिल

मतदाताहरुलाई मतदान बहिस्कार गर्न क्रान्तिकारी माओवादी गण्डकी प्रदेशकाे अपिल

काठमाडौं  । नेकपा (क्रान्तिकारी माओवादी) गण्डकी प्रदेशका सेक्रेटरी किशाेरले एक अपिल जारी गर्दै आज हुने मतदान बहिस्कार गर्न आम मतदाताहरुलाई अपिल गर्नुभएकाे छ ।
यस्ताे छ अपिलकाे पुर्णपाठ :
“आदरणीय सम्पुर्ण र्न्यायप्रेमी जनसमुदायहरु,

यही २०७९ मंसिर ४ गते हुन गैरहेको कथित प्रतिनिधि सभा र प्रदेश सभाको निवाचनलाई हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सक्रिय रुपमा बहिस्कार गर्ने निणर्य सार्वजानिक गरेको र उक्त बहिस्कार अभियानलाई देशव्यापी रुपमा सञ्चालन गरी रहेको कुरा यहाँहरु सबैमा सर्वविदितै छ । यो पुँजीवादी दलाल संसदीय व्यवस्थाबाट जनताको मुक्ति र देशको समृद्धि सम्भव छैन् । उक्त कुरा विगत ३०/३३ बर्षसम्मको लामो संसदीय अभ्यासले पुष्टि भैसकेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका कष्टकर बन्दै गएको छ । शिक्षा  स्वास्थ्य निशुल्क, रोजगारीको ग्यारेन्टी हुनु पर्नेमा उल्टो महङगी, भ्रष्टचार, कमीशनतन्त्र र लुटतन्त्र केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म संस्थागत रुपमा व्याप्त हुदै गैरहेको छ । यो दलाल राज्य व्यवस्थाका मुठ्ठीभर सामन्तहरु  रातारात अरवपति बन्ने र सर्वहारा श्रमजीवि उत्पीडित जनसमुदाय, मजदर किसानवर्ग र आधारभूत वर्गहरु झनै गरिव हुदै गाँस बाँस विहिन बन्दै जाने काम भैरहेको छ ।

जनता माथि शोषण दमन गर्ने यो जनघाती र राष्ट्रघाती प्रतिक्रियावादी राज्य व्यवस्थाको विकल्पमा संघीय जन गणतान्त्रिक व्यवस्था स्थापना गर्दै बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न नहुँदासम्म जनताको जनजीवनमा आमूल परिवर्तन र मुलुकले समृद्धि गर्न सक्दैन् । यो स्थितीमा संसदको निर्वाचनमा भाग लिनुको कनै औचित्य छैन् । यतिखेर निर्वाचनमा भाग लिनु र मतदान गर्नु भनेको यो व्यवस्थाको आयु लम्ब्याउन मदत पुर्‍याउनु मात्र हुन जान्छ । त्यसैले भोली मंसिर ४ गते हुने भनिएको कथित संसदीय निर्वाचनलाई सक्रिय रुपमा बहिस्कार गरी यसको विकल्पका रुपमा संघीय जनगणतन्त्र स्थापना गर्ने कार्यमा अघि बढ्न वामपन्थी, देशभक्त, प्रगतिशील जनगणतन्त्रवादीहरुलाई आव्हान गर्दछौं । साथै सम्पूणर् न्यायप्रेमी जनसमुदाय र मतदाताहरुलाई मतदान केन्द्रमा उपस्थित नभई दिनु हुन र मतदान नगरी सक्रिय रुपमा बहिस्कार गरी दिनु हुन हार्दिक अपिल गर्दछौं । “