चितवन क्षेत्र न. २ जहाँ मेराे घर पनि हाे, त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रवी लामिछाने संघीय प्रतिनिधि सभाकाे उमेदवार बनेका छन। उनी संगै देशकाे सत्तारूढ र प्रतिपक्षी दलहरुका गठबन्धनका उमेदवारहरुपनि चुनावी प्रतिस्पर्धामा रहेका छन। यहि विचमा रवी लामिछानेको नागरिकता सम्वन्धि प्रश्नले निकै ठूलो चर्चा बटुलेकाे छ। यस विषयमा विभिन्न काेणवाट टीका टिप्पणी र बहस सुरु भएकाे छ।
विभिन्न खाले छलफल र बहसकाे विचकाे एउटा साझा प्रश्न याे हाे कि, रवी लामिछाने अमेरिकी नागरिकताधारि मान्छे हुन। याे कुरा रवी लामिछाने स्वयंले नै स्वीकार गरिसकेपछि उनी अमेरिकी नागरिक हुन कि हाेइनन भनेर थप छलफल गरिरहनु नपर्ने भयाे। अब प्रश्न उठ्छ उनी अमेरिकी नागरिक अहिले हुन कि हाेइनन? याे आजकाे पहिलाे बहसकाे विषय अवश्य पनि हाे । अनि नेपाली नागरिक हुन कि हाेइनन ? याे पनि आजकाे उत्तिकै महत्त्वकाे प्रश्न हाे। याे विषयकाे छलफल मुनासिब हाेला। उनकाे नागरिकताको बारेमा केही अनुत्तरित प्रश्नहरु सतहमा आएका छन। ती हुन रवी लामिछानेले नेपाल छाेडेर अमेरिका गई उतै घरजाम समेत गरेकाे स्थितिमा उनकाे नीजि समस्या समाधानार्थ अमेरिकी नागरिकता लिएपछि नेपाल सरकारलाई साे विषय जननकारी गराउनु पर्ने र साेही अनुसार उनकाे नेपाली नागरिकता खारेज हुनुपर्ने यहाकाे बैधानिक कानुनी मान्यता अनुसारकाे काम उनले गरेकी गरेनन ? यदि उनले विदेशी नागरिकता लिएर विदेशी नागरिक भइसकेकाे अवस्थामा अरु देशकाे नगरिक सरह मानेर नीजकाे यहाँकाे(नेपालकाे) नागरिकता स्वतः खारेज हुनुपर्ने बैधानिक मान्यता बमोजिम उनकाे नागरिकता राज्यले खारेज गर्याे वा गरेन ? यदि यसाे भएकाे हाे भने एउटा देशकाे नागरिकलाई दाेहाेराे नागरिकताको सुबिधा दिन नपाउने र त्यसप्रकारका गद्दार र देशद्रहीहरु(आफ्नाे स्वार्थकाे लागि फर्कने देशकाे नागरिक बन्न तयार हुने देशद्राेही र गद्दार हुन्छ)लाई राज्यले किन संरक्षण गर्याे ? यदि उतिवेला देशकाे नागरिकता उनले त्यागेकाे हाे वा राज्यले बैधानिक व्यवस्था बमोजिम उनकाे नागरिकता खारेज गरेकाे हाे भने उनी अमेरिकी नागरिक हुन । याे स्थितिमा एउटा विदेशी नागरिकले आजसम्म नेपालमा गरेका राम्रा नराम्रा कामकाे जस अवजस राज्यले लिनु पर्छ वा पर्दैन ? रवी लामिछाने अमेरिकाबाट नेपाल फर्केपछि पुनः नेपाली नागरिकता प्राप्त गर्न नेपालकाे कानुन बमोजिम उनले उताकाे नगरिकता परित्याग गरि सम्वन्धित देशले त्यसकाे कानुन बमाेजिम जरिमाना सहित प्रमाणिकरण गरेकाे हुनुपर्नेमा अमेरिकी नागरिकता त्याग सम्वन्धि जरिमाना सहितकाे बैधानिक प्राबधान अनुसार उनले त्यहाँको नागरिकता परित्याग सम्वन्धित राज्यकाे प्रमाणित तथ्य सहित कहिले र कुन मितिमा नेपालमा नागरिकता माग सम्बन्धि आबेदन पेश गरे र नयाँ नागरिकता प्राप्तिकाे कानुनी प्रयाेजनार्थ निस्सा प्राप्त गरि पुनः नागरिकता प्राप्त गरे ? रवी लामिछानेको नागरिकता सम्वन्धि विवाद भएकाे झण्डै ४/५ वर्ष यताकाे यत्रो विषयमा सरकार किन बाेलेन ? रवी लामिछाने सुरुवाती चरणमा नेपालमा टेलिभिजन कार्यक्रम सम्वन्धि काम गर्न आउदा नै उनले त्याे कामकाे लागि वर्क परमिट सहित अमेरिकी भिजा(इजाजत पत्र) लिएर आएकाे भन्ने कुरा के हाे ? यदि उनी नेपाली नागरिक थिए भने नेपालमा काम गर्नकाे लागि अमेरिकी वर्क परमिट र भिजा के जरुरत थियाे ? नेपालकाे सुचना क्षेत्र जस्ताे संवेदनशील क्षेत्रमा विदेशी त्यसमा पनि संसारभरिका सुचना संकलन गर्न सी आइ ए जस्ताे जासुस संस्था मार्फत् परिचालित अमेरिकी साम्राज्यवादलाई उसले सुचना र संचार क्षेत्रमा भिसा सहित वर्क परमिट दिएर पठाएकाे उसकाे नागरिककाे हकमा त्याे सुचना र संचार क्षेत्रकाे काममा अनुमति दिनु राष्ट्रघात हाेइन ? आज नेपाल सरकारले रवी लामिछाने जस्ता कति विदेशी खुपिया संस्थाका सुचना चाेरहरुलाई यसप्रकारका क्षेत्रमा विदेशी नागरिक लाई कार्य अनुमति दिएकाे छ ? राज्यकाे गाेपन्यताकाे संवेदनशीलता प्रति यसप्रकारकाे गैरजिम्मेवार हर्कत राष्ट्रघात जनघात र देशद्राेही कार्य हुन्छ भन्ने प्रष्ट हुदाहुदै राज्यले यस्तो काम किन गर्याे ? रवी लामिछानेले आफुले पटकपटक अमेरिकी नागरिकता परित्याग गरिसकेकाे र आफूले नेपाली नागरिकता लिइसकेको बताउदै आइरहेका छन् । त्याे उनले लिएकाे भनिएकाे नागरिकता कहिलेकाे हाे नयाँ हाे वा पुरानो ? नयाँ हाे भने उनले पुनः प्राप्त गरेकाे नागरिकताकाे प्रक्रियाकाे वारेमा र पुरानै हाे भने अर्काे देशकाे नागरिकता प्राप्त गरेपछि नेपालकाे नागरिकता स्वतः खारेज हुनुपर्ने बैधानिक मान्यतालाई राज्यले किन उध्लङ्घन गर्याे ? मेराे विचारमा यस्ता मामिलामा अर्काे देशकाे नागरिकता लिएर देशलाई सुचना नदिने विदेशी बन्न चाहाने सम्बन्धित देशका पुर्व नागरिक भन्दा त्यसप्रकारका मान्छेका नागरिकता सम्वन्धि बैधानिक प्रावधानलाई नजरअन्दाज गर्ने राज्य नै बढि जिम्मेवार देखिन्छ । म त भन्छु रवी लामिछाने जस्ता अमेरिकी साम्राज्यवादकाे भिजा र वर्कपरमिट सहित नेपाली संचार क्षेत्रमा नेपालकाे गाेप्य सुचना चाेर्न खटाइएको अमेरिक नागरिकलाई नेपाली संचार जगतभित्र कार्य अनुमति प्रदान गर्ने नेपालकाे दलाल संसदीय व्यवस्था नै यस प्रकारका राष्ट्रघाति कामकाे प्रमुख जिम्मेवार हाे ।
सरकारले घाेषणा गरेकाे भनिएको निर्वाचनकाे कारण आज आएर याे निर्वाचन पश्चात् देशकाे भविष्य झन् अध्याराे निशाचर सुरुङतिर जादैछ । सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन मात्र नभएर अहिले विभिन्न नाममा उमेदवारकाे रुपमा सतहमा आएका अधिकाँश नानाथरीका मान्छेहरु प्रायाजित छन । उपयुक्त प्रकारकाे स्थितिमा याे व्यवस्थामा राष्ट्र र जनताकाे भविष्य उज्यालो तर्फ जानसक्ने कुनै सम्भावना छैन र देखिदैन । याे स्थितिमा हामीले अग्रगामी राजनीतिक परिवर्तनको विकल्प सहित वर्तमान प्रतिक्रियावादी दलाल संसदीय सत्ताकाे अन्त्य गरी त्यसकाे विकल्पको रुपमा जनताकाे जनवादी राजनीतिक व्यवस्थाकाे स्थापना गर्नुकाे अब कुनै विकल्प छैन । अत: दलाल संसदीय व्यवस्थाकाे समुल अन्त्य गरी जनताकाे जनवादी व्यवस्था स्थापनाकाे लागि प्रतिक्रियावादीहरुद्वार आयाेजित कथित निर्वाचन ससक्त बहिस्कार गर्नु पर्दछ।