कार्तिक ३०
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समिति को आयोजना मा कथित संसदीय निर्वाचन सशक्त बहिष्कार अभियान दलको आयोजनामा सिन्धुली जिल्लाको घ्याङलेख र सुनकोसी गाउँ पालिकामा निर्वाचन सशक्त बहिष्कार अभियान प्रचारप्रसार अभियान दलले पर्चा वितरण र पोष्टर टाँस्ने ब्यानर टाङ्ने कार्य भैरहेको कुरा पार्टी ईन्चार्ज जिवन ले बताउनुभयो । साथै सुनकोसी गाउँपालिकाको दुम्जामा कोणसभा संपन्न भएको छ ।
त्यसैगरी कार्तिक २९ र ३० गते दुम्जामा कोणसभा संपन्न भएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला ईन्चार्ज पार्टी केन्द्रीय समितिको सदस्य एबम् जिल्ला ईन्चार्ज जिवनले दुम्जा बासीहरुलाई हार्दिक स्वागत गर्दै मंसिर द्धगते हुने कथित संसदीय निर्वाचन सशक्त बहिष्कार गरौं भन्नु भयो ।
त्यस्तै मिति २०७९साल मंसिर १ गते घ्याङलेख गाउँपालिकाको बस्तिपुरमा पोष्टर टाँस्ने ब्यानर टाङ्ने कार्य भैरहेको साथै अन्तिम बहिष्कार सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला ईन्चार्ज जिवनले कथित संसदीय निर्वाचन सशक्त बहिष्कार गरौं भन्नु भयो ।