सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा ‘निर्वाचन बहिस्कार’ लेखिएको प्रेसर कुकर बम भेटियो

सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा ‘निर्वाचन बहिस्कार’ लेखिएको प्रेसर कुकर बम भेटियो

२ मंसिर, काठमाडौं । ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा आज बिहान भेटिएको बमजस्तो देखिने वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हो ।

तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिस्कार’ लेखिएको थियो । उक्त वस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए । उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरुले राखेको प्रहरीको निष्कर्ष छ ।
यसअघि गृहमन्त्रालयले  साना–ठूला २५ वटा पार्टी र समूह निर्वाचन बहिस्कारमा सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।