काठमाडौं । अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव फुर्नाम्गेल मोक्तानले एक शोक वक्तव्य जारी गर्दै सो महासंघका दिवंगत अध्यक्ष प्रा.डा. ओम गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । वक्तव्यमा प्रा.डा. गुरुङको असोज ३१ गते दिनको १ः४८ बजे निधन भएको उल्लेख गर्दै उहाँको निधनले सिंगो नेपालको कम्युनिस्ट आन्दोलनका साथै नेपाली उत्पीडित आदिवासी जनजाति आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाइएको छ ।
वक्तव्यमा अध्यक्ष गुरुङको निधनबाट महासंघ स्तब्ध, दुखिद् र भावविह्वल बनेको भन्दै उहाँले नेपाली कम्युनिस्ट आन्दोलन र विशेष गरी नेपालका उत्पीडित आदिवासी जनजातिको मुक्ति, उत्थान र पहिचानको आन्दोलनमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै संगठनको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । र, परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर