४ कात्तिक ओखलढुङ्गा ।

हार्दिक शुभकामना !

आउदो मंसिर ४ गते हुने  संघीय तथा प्रादेशिक निर्वाचनको सशक्त बहिष्कारमा उत्रेको नेकपा(क्रान्तिकारी माओवादी) ले प्रचारात्मक बहिष्कारलाई नेपालभर तिब्रता दिएको छ ।

संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्षको तयारी गरौँ , आसन्न संघीय तथा प्रादेशिक निर्वाचनको सशक्त बहिष्कार गरौँ भन्ने नारा सहित नेकपा(क्रान्तिकारी माअ‍ेवादी)ले देशैभरी निर्वाचन बहिष्कार अभियान चलाइरहेको छ ।

यसै अभियान अन्तर्गत नेकपा(क्रान्तिकारी माओवादी) ओखलढुङ्गाले जिल्लाका विभिन्न स्थानमा निर्वाचन बहिष्कार गर्न आह्वान गरिएका पोष्टर टाँसेको छ भने निर्वाचन बहिष्कार गर्नुको अर्थ सहित छापिएका पोष्टर समेत वितरण गरेको छ । जिल्ला सदरमुकाम ओखलढुङ्गा बजारका सयौँ स्थान  तथा जिल्ला प्रशासन कार्यालय अगाडि समेत पोष्टर टाँसेको नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य पर्वतले बताउनु भयो ।

उहाँले भ्रष्टचारी जन्माउने संसदीय व्यवस्थाको विरुद्ध संघीय जनगणतन्त्र स्थापनार्थ निर्वाचन बहिष्कार गरेको भनाई राख्नु भयो । जिल्ला सबै स्थानमा पोष्टर टाँस्ने र सबै जिल्लाबासीलाई भेटेर हातहातमा पर्चा दिने योजना अन्तगर्त निर्वाचन बहिष्कारको अभियानमा जुटेको जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर