नैतिकता
नैतिकता माथी
सामन्ती पारामा
सुकुचाहरु
मुकुचाहरु
फुल्न
फुलाउन
प्रश्न चिन्हको
चौघेरा बनाइ
सेतो धर्तिमा
कालो बादल मड्राउदै
दशैको मेला झै
मेला पर्व लाउछ
हरेक पाच वर्षमा
मेला पर्वमा
लाजै लग्दैन
अच्चम लाग्छ
मोटा बुद्धिको
छोटा बुद्धिको
सस्तो छिटो फटाउन
आइडिया माष्टरको
आइडियाहरु
मौन व्रतमा
मौन समर्थनमा
बोराका बोरा खन्याउछ
वर्षौ वादको
माष्टर ल्पान
महगो महगो लुकाउदै
सस्तो सस्तो खोज्दै
लयमा
प्रलय मिलाउने
खप्पिसदारहरु
महल ठर्याइ
टुकुचा मेटाइ
ईतिहास छोपेको छ
मुत्युको ध्वनी सुनेका
मुत्यु वरण गरेका
सुकुचाले बेच्यो
मुकुचाले किन्यो
ज्ञानले
नैतिकता सिध्याउदै
व्यवहारले
नैतिकता गुमाउदै
नैतिकता
नैतिकता माथी
प्रश्न चिन्ह
खडा गरेका छन ……






























