काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । डेंगु बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै आयोगले तीन वटै तहका सरकारलाई नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

 कोरोना महामारी कायम रहेको अवस्थामा हाल देशव्यापी रुपमा फैलिएको डेंगु नियन्त्रण तथा रोकथाममा सम्बन्धित निकायहरुको यथेष्ट ध्यान पुग्न नसकेको आयोगद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

 आयोगले भनेको छ, ‘कोरोना महामारी कायम रहेको अवस्थामा हाल देशव्यापी रुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

 साथै, यस रोगको नियन्त्रणमा तीन वटै तहको सरकारबीच प्रभावकारी समन्वय नभएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ । नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेंगु संक्रमण गराउने जातका लामुखुट्टे उत्पादन हुने ठाँउहरु नष्ट गर्न र यससम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन सरकारसँग जोडदार माग गरिएको छ । हाल मुलुकभर पाँच हजारभन्दा बढी डेंगुका संक्रमित छन् ।

 

 

डेंगीका लक्षण

 

ज्वरो आउने

जीउ तथा जोर्नीहरू दुख्ने

टाउको दुख्ने

आँखाको गेडा खस्ला जसरी दुख्ने

वाकवाकी लाग्ने, वान्ता हुने

खान मन नलाग्ने

जीउ चिलाउने

एडिस आल्बोपिक्टस प्रजाति।

 

डेंगीबाट बच्ने उपायः

 

डेंगीबाट बच्न कुनै प्रकारका औषधि तथा खोप हुँदैन। यसबाट बच्न डेंगी सार्ने लामखुट्टेको टोकाइबाटै बच्नुपर्छ।

दिउँसो पनि लामखुट्टेबाट बच्न सुरक्षाका साधनहरू प्रयोग गर्ने।

फोहोर ठाउँहरू सफा राख्ने, पानी जम्न नदिने।

कार्यालय, विद्यालय तथा कक्षाकोठाहरूमा पनि लामखुट्टे मार्ने साधनहरूको प्रयोग गर्ने।

हातखुट्टा छोपिने गरी लुगा लगाउने।

घरभित्र वा बाहिर लामखुट्टेले टोक्न नसक्ने क्रिमहरूको प्रयोग गर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर